चुलाचुलीमा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर सम्पन्न
धनकुटा,२६ साउन । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले संचालन गरिरहेको सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविरमा अन्र्तगत तिनवटा वडाका सेवाग्राहिलाई सेवा दिदै चुलाचुलीमा सम्पन्न गरिएको छ ।
कार्यपालिकाको निर्णण अनुसार छथर जोरपाटी गाउँपालिका अन्र्तगतको राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जीकरण सेवा ईकाइको आयोजनमा पालिककाका सबै वडाका विभिन्न स्थानमा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर संचालन गर्ने कार्यक्रम अन्र्तगत आज वडा न २, ३ र ५ नम्बर वडाका सेवाग्राहि लाई चुलाचुलीमा शिविर संचालन गरि सेवा प्रदान गरिएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले जानकारी दिनु भयो ।
सामाजिक सुरक्षा नविकरणमा धेरै नागरिकले स्थानिय स्तरमै सेवा पाउँदा खुसी भएको छथर जोरपाटी गाउँपालिका वडा न ५ का अध्यक्ष डिक बहादुर लिम्बुले बताउँनु भयो । छथर जोरपाटी गाउँपालिकाले स्थानिय स्तरमै सेवा दिने उदेश्यका साथ पालिका भित्रका सबै वडाहरुमा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर संचालन गरि रहेको छ ।
शिविर पालिका भित्रका विभिन्न स्थानमा साउन ३२ गते सम्म संचालन हुने छ ।



