हनुमानढोका दरबार परिसरमा यी ९ कार्य गर्न महानगरले रोक लगायो

काठमाडौँ। महानगरपालिकाले हनुमानढोका दरबार परिसरमा विभिन्न ९ वटा कार्य गर्न रोक लगाएको छ । महानगरपालिकाकाअनुसार दरबार क्षेत्र भित्रको खुला ठाउँमा धुम्रपान, मध्यपान गर्न रोक लगाइएको छ ।

सो क्षेत्रमा पर्यटकलाई असहज किसिमले सामानहरू बिक्री गर्न र भिख माग्ने कार्य गर्न पाइने छैन । यस्तै चिया तथा मकै बेच्न रोक लगाइएको छ भने रातको समयमा दरवार परिसरमा सुत्न र बास बस्न पनि रोक लगाइएको छ ।

यस्तै खेलकुद जन्य कुनै पनि गतिविधि गर्न, पोष्टर टाँस्न र कुनै पनि विज्ञापन गर्नसमेत महानगरले रोक लगाएको छ।

यसैगरी चलचित्र छाँयाङ्कन, नाचगान जन्य गतिविधि एवं अन्य कुनै पनि भिडियो खिच्ने कार्यहरु सम्बन्धित निकायको अनुमति बिना गर्न तथा गराउन रोक लगाइएको छ ।

यस्तै प्राचिन स्मारक तथा धार्मिक आस्थामा आँच आउने कुनै पनि कार्यहरु गर्न नपाइने गरी महानगरपालिकाले रोक लगाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।