उत्कृष्ट कार्य गर्ने २ जिल्ला प्रहरी कार्यालयलाई प्रशंसा-पत्रद्वारा सम्मान

बिराटनगर, श्रावण २६ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले उत्कृष्ट कार्य गर्ने २ वटा जिल्ला प्रहरी कार्यालयलाई प्रशंसा-पत्रद्वारा सम्मान गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले एक कार्यक्रमको आयोजना गरी जिल्ला प्रहरी कार्यालय सुनसरी र जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई “उत्कृष्ट जिल्ला प्रहरी कार्यालय” को प्रशंसा- पत्र प्रदान गरिएको हो ।

आर्थिक बर्ष २०७९/०८० का लागि गरिएको कार्य सम्पादन सम्झौता अनुसार कोशी प्रदेश अन्तरगतका जिल्ला प्रहरी कार्यालयहरु मध्येबाट सर्वोत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी नायव उपरीक्षक कार्यालय प्रमुख रहने कार्यालयहरु मध्येबाट उत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई प्रशंसा- पत्र प्रदान गरिएको छ ।

कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले सर्वोत्कृष्ट हुने जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु प्रसाद ढकाल र उत्कृष्ट हुने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायव उपरीक्षक दिपक बहादुर के.सी.लाई प्रशंसा-पत्र प्रदान गर्नु भएको हो ।

प्रदेश प्रहरी प्रमुख बास्तोलाले उत्कृष्ट हुन सफल भएको जिल्ला प्रहरी कार्यालयहरुलाई हार्दिक बधाई सहित आगामि दिनमा समेत प्रशंसनीय कार्यको निरन्तरताका लागि शुभकामना दिनु हुदै अन्य जिल्ला प्रहरी कार्यालयहरुलाई समेत उत्कृष्ट कार्य गर्न हौसला प्रदान गर्नु भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।