फ्रान्स, पोर्चुगल र क्रोएसिया पठाउने भन्दै ठगी गर्ने तीनजना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीका लागि विदेश पठाइदिने भन्दै ठगी गरी सम्पर्कविहीन भएका तीनजनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको थाक्रे गाउँपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–१४ कलङ्की बस्ने ४५ वर्षीय सालिकराम अर्याल, सुनसरीको रामधुनी नगरपालिका–३ घर भई हाल काठमाडौँ–३२ बस्ने ४० वर्षीय सन्दीपकुमार चौधरी र गोरखाको गण्डकी गाउँपालिका–६ घर भई हाल काठमाडौँ–१५ बस्ने ५० वर्षीया एकमाया पुलामी मगर रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए ।

पक्राउ परेका अर्यालले सरोज गिरीबाट वैदेशिक रोजगारीका लागि क्रोएसिया पठाइदिने भन्दै ५० हजार, चौधरीले रुपक बुढाथोकीबाट फ्रान्स पठाइदिने भन्दै दुई लाख ५५ हजार तथा पुलामी मगरले जङ्ग गुरुङबाट पोर्चुगल पठाइदिने भन्दै दुई लाख ५६ हजार रकम लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो ।

उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको हो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।