चौबिसे र सांगुरीगढीमा नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद गठन

धनकुटा । धनकुटाको चौबिसे र सांगुरीगढी गाउँपालिकामा पालिका स्तरिय नेपाल आदिवाली जनजाति महासंघ गाउँ समन्वय परिषद गठन गरिएको छ ।

शुक्रवार आयोजित कार्यक्रमको वीच दुवै पालिकामा पालिका स्तरिय गाउँ समन्वय परिषद गठन गरिएको हो । जसअनुसार चौबिसे गाउंपालिकाको गाउँ समन्वय परिषद अध्यक्षमा देवी बहादुर राई, उपाध्यक्षमा सूर्य कुमारी याख्खा र दल बहादुर श्रेष्ठ,सचिवमा टेकराज लिम्बू,सह-सचिवमा लिला देवान र काेषाध्यक्षमा सन्त बहादुर तामाङ रहेका छन् ।

सदस्यमा अहिले चन्द्र बहादुर मगर रहनु भएको र अन्य सदस्यहरु पछि मनोनित गर्ने निर्णय भएको निवर्तमान अध्यक्ष दिवा चेम्जाेङले वताउनुभयो।

त्यस्तै साँगुरीगढी गाउँ समन्वय परिषदको अध्यक्षमा प्रमिला लिम्बु , उपाध्याक्षमा उदिप देवान, सचिब टंक बहादुर भुजेल,सह-सचिवमा महेन्द्र माझी र कोष अध्यक्षमा पुष्पराज राई निर्वाचित भएका छन् । सदस्यहरुमा मंगल याम्फु , सीता श्रेष्ठ , शेखर मगर लगायत रहेको सुरेश याम्फुले बताउनुभयो ।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद अध्यक्ष सञ्जय सन्तोषी राई सहित पालिका अध्यक्षको उपस्थितिमा नयाँ समिति गठन गरिएको हो । समितिमा विभिन्न एकल जातिय संस्थालाई समेटिएको छ । यी पालिकाहरुमा ११/११ एकल जातिय संस्था रहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।