मोरङमा आफ्नै बुवाले…

मोरङ । मोरङ जिल्लामा एक सातामा दुई बालिका बलात्कारको सिकार भएका छन्। यी दुवै घटनामा पीडकका रुपमा भने आफ्नै बुवालाई प्रहरीले पक्राउ गरेको छ।

मोरङको मिक्लाजुङ गाँउपालिका र विराटनगरमा भएका छुट्टाछुट्टै घटनामा बुवाको संलग्नता देखेपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको छ।

आफ्नै बुवाबाट असुरक्षित बनेका यी दुई बालिकाको उमेर १० र १२ वर्ष छ। माथि उल्लेखित अपराधका घटनालाई केलाउँदा मोरङमा पछिल्लो समयमा जबर्जस्ती करणीका घटनामा विशेषगरी नाताभित्रका मानिस बढी संलग्न भएको पाइएको छ।

मोरङमा गएको चार आर्थिक वर्षमा ४४५ बलात्कारका घटना भएका छन्। जसमा सबैभन्दा बढी दूधे बालिकादेखि १८ बर्ष उमेर समूहका बालिका पीडित भएका छन्।

आर्थिक वर्ष २०७६–०७७ मा जिल्लामा कुल ९३ वटा बलात्कारका घटना भएका थिए। घटनामा ६६ प्रतिशत अर्थात् ६१ जना बालिका छन्। आव ०७७–०७८ मा कुल १३० वटा बलात्कारका घटनामा भएकामा ७० प्रतिशत अर्थात ९१ जना बालिका बलात्कृत भएका छन्।

यसैगरी आव ०७८–०७९ मा ६६ प्रतिशत बालिका पीडित भएका छन्। सो आवमा कुल १०४ वटा बलात्कारका घटना हुँदा ७० जना बालिका बलात्कृत भएका छन्। यस्तै, आव ०७९–०८० मा कुल १२८ बलात्कार घटनामा ८३ जना बालिका पीडित भएको जिल्ला प्रहरी मोरङको तथ्यांक छ।

जिल्लामा पछिल्लो समय कतिपय जबर्जस्ती करणीका घटनामा स्वयं बुवासहित परिवारका सदस्य दाजु, हजुरबुबा, काका, मामालगायतका परिवार र नजिकका नातेदारबाट समेत नाबालिकाहरू असुरक्षित बनेका मोरङका निमित्त प्रहरी निरीक्षक पपु नायकले बताउनुभयो।

महिलामाथि हुने यौनजन्य हिंसाका घटनामा अझै पनि आपसी सहमतिमा मिलापत्र गरेरै टुंगिने कारणले अपराधीलाई कारबाही हुन सकिरहेको छैन।

छोरीको जन्मदाता र संरक्षण उसको अभिभावकको कर्तव्य हो। अहिलेसम्मको सामाजिक संरचनाले बावुलाई परिवारको मुली मानेको छ। जन्म दर्ता र नागरिकता बनाउन बावु चाहिन्छ। तर, कतिपय छोरीहरूका लागि आफ्नै बाबु ‘बलात्कारी’ बनेका मोरङ प्रहरीको तथ्यांकले देखाएको छ। प्रत्येक वर्ष बलात्कारका घटना वृद्धि हुनु र बुवासँगै आफन्तहरू नै त्यसमा संलग्न भएको पुष्टि हुनुले बालिका तथा महिलाको सुरक्षामा चुनौती थपिएको छ।

बलात्कार जस्ता जघन्य अपराध नियन्त्रण गर्न जति नै व्याख्यात्मक र फराकिलो कानुनी व्यवस्था गरिए पनि यस्ता घटनामा कमी आउन सकेको छैन।

सामाजिक तथा राजनीतिक पहुँचका कारण उन्मुक्ति पाउँदा पनि अपराधीको मनोबल बढेर घटना न्यूनीकरण हुनुको सट्टा झन्–झन् बढ्दै गएको महिला पुर्नास्थापना केन्द्र कोशी प्रदेश संयोजक सरस्वती दनुवारले बताउनुभयो।

परिवार र नाताबाटै हुने यस प्रकारको जघन्य अपराध रोक्न राज्य तह र नागरिक तहबाट सबै एक ठाउँ उभिन आवश्यक रहेको उहाँको भनाइ छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।