पाख्रीबासको सुन्तले डांडामा गरियो बृक्षरोपण(फोटो फिचर)
धनकुटा । धनकुटाको पर्यटकिय नगर पाख्रिबासमा आज बृक्षरोपण गरिएको छ ।
पाख्रिबास नगरपालिकाको वडा नं ३ र ४ को सिमानामा स्थित पर्यटन प्रबर्दन गर्न काठमाण्डौ महानगरपालिका र पाख्रिबास नगरपालिकाको भगिनी सम्बन्ध अन्तर्गत संयुक्त लगानीमा सुन्तले डांडामा निर्माणाधिन श्रीकृष्ण मन्दिर,यलम्बरको मूर्ति तथा पदमार्ग क्षेत्रमा बृक्षरोपण गरिएको हो ।
२९ औं विश्व आदिवासी जनजाति दिवस कार्यक्रम अन्तर्गत किरांत राई यायोक्खा पाख्रिबास नगर कमिटिको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
बृक्षरोपण कार्यक्रममा धुपी सल्ला,पाख्रि लगायतका करिब १०० बिरुवा रोपिएको छ ।
कार्यक्रममा किराया नगर कमिटिका पदाधिकारी साथै पाख्रिबास नपा उपप्रमुख नम्रता गौतम,किराया जिल्ला अध्यक्ष उद्दवमणि राई,आठपहरिया सेवा समाजका केन्द्रीय अध्यक्ष सर कुमारी आठपहरिया,पाख्रिबास नपा वडा नं ३ का वडा अध्यक्ष सरोज राई लगायत स्थानियहरुको सहभागिता रहेको थियो ।










