एकल महिलाहरुको आर्थिक स- शक्तीकरणका लागि राज्यले पहल गर्नुपर्छ : मिना तुम्बा राई

धनकुटा । एकल महिलाहरुको आर्थिक स-शक्तीकरणका लागि राज्यले पहल गर्न आवश्यक रहेको एकल महिलाहरुले वताएका छन् । मानव अधिकारका लागि महिला एकल महिला समूह (WHR) धनकुटाको ७ औं वार्षिक साधारण सभामा बोल्दै उनिहरुले त्यस्तो बताएका हुन् ।

साधारण सभालाई सम्बोधन गर्दै मानव अधिकारका लागि महिला एकल महिला समूह कोशी प्रदेश अध्यक्ष मिना तुम्बा राईले महिलाहरु एकल भएपछि उनिहरुको काँधमा जिम्मेवारी झन थपिने भएकोले आर्थिक स शक्तीकरणका लागि राज्यले ध्यान दिन जरुरी रहेको बताउनु भयो ।

एकल महिलाहरुलाई अझैपनि आर्थिक सामाजिक जस्ता धेरै समस्याहरु रहेकोले ती समस्या समाधानका लागि राज्यले नीतिगत रुपमै व्यवस्था गर्न आवश्यक रहेको उहाँले बताउनु भएको छ साथै यसअघि एकल भएकै वेलादेखी त्यस्ता महिलाले पाउदै आएको सामाजिक सूरक्षा भत्तामा समेत पछिल्लो समय राज्यले ६० वर्षे उमेरहद तोकेको भन्दै उहाँले यो व्यवस्थाले झन एकल महिलाहरुलाई समस्या भएको बताउनु भयो ।

सामाजिक, आर्थिक तथा पारिवारिक समस्याका वावजुद परिवारको हेरचाह, सन्तानको लालन पालन शिक्षा, स्वास्थ्य जस्ता कुरामा एकल महिला आफैले हेनुपर्ने अवस्थाको कारण पहिलाको व्यवस्था अनुसार नै त्यस्ता त्यस्ता महिलाहरुले सामाजिक सूरक्षा पाउनु पर्ने वा तत्काल राज्यले रोजगारीको व्यवस्था गर्नु पर्ने उहाँले बताउनु भयो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।