‘अक्षय कुमारलाई थप्पड हान्नेलाई २० लाख’

मुम्बई। शुक्रबारबाट रिलिज भएको अक्षय कुमारको फिल्म ओएमजी-२ लाई लिएर विवाद सुरु भएको छ।

अक्षय कुमारलाई भगवान शिवको दूतको रूपमा देखाएकोमा मानिसहरूमा चर्को आक्रोश छ। धेरैले यसलाई भगवान शिव र हिन्दू देवताहरूको अपमान भनेका छन्। अक्षय कुमारप्रतिको घृणा यति बढेको छ कि एक हिन्दू संगठनले अभिनेतालाई थप्पड मार्नेलाई २० लाख रुपैयाँ दिने घोषणा पनि गरेको छ।

आगराको एक हिन्दू संगठनले भगवान शिवको दूतको भूमिका खेलेर जनताको भावनामा चोट पुर्‍याउने बलिउड सुपरस्टारलाई थप्पड हानेलाई २० लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। अर्कोतर्फ, राष्ट्रिय हिन्दू परिषद भारतले बिहीबार अक्षय कुमारको पुत्ला र फिल्मको पोस्टर जलायो र सिनेमाघर अगाडि प्रदर्शन गर्न पनि पछि नहट्ने बताएको छ।

अक्षय कुमारको ओएमजी २ ले रिलिजको पहिलो दिन मात्रै १० करोड कमाएको छ।

भगवान शिवको सन्देश वाहकको भूमिका निभाएका अक्षय कुमारलाई थप्पड हान्नेलाई सो संस्थाका अध्यक्ष गोविन्द पराशरले अवार्ड दिने जनाएका छन्। उनले आफ्नो जुत्तामा माइचको जालो राखेर अक्षयले भगवान शिवको अपमान गरेको दाबी गरेका छन्।

फिल्ममा सारी लगाएर फोहोर पोखरीमा नुहाउने र यी सबै कुराले भगवानको छविलाई कलंकित गर्छ। फिल्मको आलोचना गर्ने र भावनासँग खेलबाड गर्ने कार्य पाप भएको उनको भनाइ छ।

‘ओएमजी’ सन् २०१२ मा रिलिज भएको थियो र यसको दमदार कथाका कारण यो फिल्मले बक्स अफिसमा धेरै कमाई गरेको थियो। योसँगै चलचित्र ‘ओएमजी २’ को सिक्वेल पनि हलमा रिलिज भएको छ। यद्यपि अक्षयको यो फिल्मको अग्रिम बुकिङ सुस्त छ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖