खोटाङ प्रतिभा–२०८०’ को फाइनल आज

खोटाङ, २९ साउन : खोटाङ कलाकार समाज र खोटाङ सेवा समाज बेलायत (युके)ले संयुक्तरुपमा आयोजना गरेको ‘खोटाङ प्रतिभा–२०८०’ छनोट प्रतियोगिताको फाइनल आज हुँदैछ ।

जिल्लाका कुनाकन्दरामा लुकेर रहेका प्रतिभा खोजी गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यले आयोजना गरिएको उक्त छनोट प्रतियोगिताको फाइनल अडिशन राष्ट्रिय नाचघर जमलमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने प्रतिभालाई क्रमशः रु दुई लाख दुई हजार, रु एक लाख एक हजार र रु ५१ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजक खोटाङ कलाकार समाजका अध्यक्ष एवं गायक तथा सङ्गीतकार रुपकुमार राईले जानकारी दिनुभयो ।

“खोटाङ प्रतिभा–२०८० छनोट प्रतियोगिताका विजयी छ जना प्रतिभालाई पुरस्कारसहित गीत रेकर्डिङ तथा म्युजिक भिडियो खेल्ने अवसर दिनुका साथै बेलायतमा हुने कार्यक्रममा समेत सहभागी गराइनेछ”, उहाँले भन्नुभयो, “प्रतियोगितामा सहभागी बाँकी १४ जनालाई सहभागिताको प्रमाणपत्रका साथै यातायात खर्चको व्यवस्था गर्ने तयारी गरिएको छ ।”

‘नयाँ प्रतिभालाई प्रोत्साहन, पुराना स्रष्टालाई उच्च सम्मान, लुकेका कलालाई खोजी गर्दै समाजलाई सु–संस्कृत बनाउने खोटाङ कलाकार समाजको अभियान’ भन्ने मूल नाराका साथ आयोजना गरिएको कार्यक्रमको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले गर्नुहुने जनाइएको छ ।

खोटाङ प्रतिभा–२०८० छनोट कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकारको समेत प्रस्तुति रहने आयोजकले जनाएको छ । छनोट प्रतियोगिताका लागि खोटाङका १० वटै स्थानीय तहबाट गायन तथा नृत्य विधामा एक÷एक गरी २० जना प्रतिभाले सहभागिता जनाउने आयोजकले जानकारी दिएको छ ।

फाइनल अडिशनलाई रोचक र प्रभावकारी बनाउन जिल्लाका दशवटै स्थानीय तहबाट छनोटमा परेका नवप्रतिभालाई एक महिना अघि काठमाडौँ ल्याएर प्रशिक्षण दिने कामसमेत गरिएको आयोजक खोटाङ कलाकार समाजका महासचिव पार्वन राईले जानकारी दिनुभयो ।

जिल्लाको ग्रामीण तथा सुदूर गाउँमा लुकेर तथा छरिएर बसेका सयौँ प्रतिभामध्ये प्रत्येक पालिकाबाट गायन तथा नृत्य विद्यामा तीन÷तीन जना प्रतिभा छनोट गरिएको जनाइएको छ ।

पालिकास्तरीय प्रतियोगिताबाट दुई विधामा ३०÷३० जना नवप्रतिभा छनोट गरिए पनि काठमाडौँमा हुने फाइनल प्रतिस्पर्धामा दुवै विधामा प्रथम भएका एक÷एक जना प्रतिभालाई मात्र सहभागी गराइने आयोजकले जनाएको छ ।

खोटाङ घर भई काठमाडौँलाई कार्यक्षेत्र बनाएर गीतसङ्गीतलाई आफ्नो पेसाका रुपमा अङ्गालेका खोटाङ्गे कलाकारले विसं २०७७ मा ‘खोटाङ कलाकार समाज’ गठन गरेको थियो । कला र साहित्यमा रुचि राखेर त्यसैमा आफ्नो भविष्य खोज्दै निरन्तर सङ्घर्ष गरिरहेका खोटाङ्गे कलाकारको साझा मञ्चका रुपमा खोटाङ कलाकार समाज स्थापना गरिएको उनीहरुले बताएका छन् ।

खोटाङ कलाकार समाजमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्यातिप्राप्त कलाकार सहभागी छन् । समाजले स्थापनाकालबाटै मातृभूमि खोटाङ तथा राजधानी काठमाडौँमा साङ्गीतिक क्षेत्रको प्रवद्र्धन गर्न विभिन्न क्रियाकलाप गर्दै आएको छ । -रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।