विद्यालय चार दिन बन्द हुने

काठमाडौँ, २९ साउन : काठमाडौँको गोकर्णेश्वर नगरपालिकाभित्रका विद्यालय चार दिन बन्द हुने भएको छ ।

गोकर्णेश्वर नगरपालिकाले आज एक सूचना प्रकाशित गरी देशव्यापी फैलिएको आँखा रोगका कारण जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेकाले चार दिन विद्यालय बन्द गर्न लागेको हो ।

नगरप्रमुख दीपककुमार रिसालले आँखासम्बन्धी रोग गोकर्णेश्वर नगरभित्र विद्यालयका शिक्षक, कर्मचारी र विद्यार्थीलाई समेत देखिन थालेकाले साउन ३० देखि भदौ १ गतेसम्म नगरभित्रका सबै विद्यालय बन्द गर्न लागिएको जानकारी दिनुभयो ।

पछिल्लो समय देशका विभिन्न स्थानमा आँखा पाक्ने रोग देखिएपछि विद्यालयहरु बन्द हुन थालेका छन् ।–राष्ट्रिय समाचार समिति (रासस)

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।