भाइरल भएपछि तानातानमा सिम्रन– प्रतिभालाई अवसर कि ‘भ्युजका लागि प्रयोग’ ?

काठमाडौ । कक्षा १२ मा पढ्ने सिम्रनले स्कूलबाट फर्किँदै गर्दा बाटोमै कुराकानी गरेकी थिइन् । स्कूलको पोशाकमै गरेको कुराकानीका क्रममा उनले केही गीतहरू गुनगुनाइन् ।

उनले गीत गाउँदै गरेको भिडियो क्लिपहरू सामाजिक सञ्जालमा छाउँदै गए । सिम्रनको स्वरको धेरैले प्रशंसा गरे ।

केही दिनको अन्तरालमै उनी सामाजिक सञ्जालमा ‘भाइरल’ बनिन् । अनि काठमाडौंबाट प्रस्ताव पुग्यो, गीत रेकर्डको ।

चार दिनअघि काठमाडौं आएर एउटा गीत रेकर्ड गरिन् ।

गीतकार एवं संगीतकार सुनिल बिसीले यसअघि प्रमोद खरेलको स्वरमा आएको आफ्नो गीत ‘उसलाई पाउन २’को फिमेल भर्सन सिम्रनको स्वरमा रेकर्ड गराए ।

अघिल्लो दिन रेकर्डिङ स्टुडियोमै सामान्य खर्चमा भिडियो खिचियो । अर्को दिन हतार–हतारमा युट्युबमा सार्वजनिक गरियो ।

‘बागलुङकी सिम्रन परियारको पहिलो गीत’ भनेर ल्याइएको भिडियोको थम्बनेलमा युट्युबमा अन्तवार्ता दिँदै गर्दाको फोटो प्रयोग गरियो ।

शुक्रवार सार्वजनिक उक्त गीतले युट्युबमा राम्रो भ्युज पाउँदै संगीततर्फ ट्रेन्डिङको पहिलो स्थान ओगट्यो । अहिले पनि यो गीत युट्युबमा संगीततर्फ शीर्षस्थानमा छ ।

शुक्रवार नै सिम्रनलाई संगीतकार श्रीधर अधिकारीले ‘मुटुमै घाउ छ…’ बोलको गीत गाउन दिए, उसैगरी हतार–हतारमा । अघिल्लो दिन रेकर्डिङ र भिडियो छायांकन गरिएको गीत अर्को दिन सार्वजनिक गरियो ।

शनिवार मात्रै सिम्रनले एउटा गीतको भिडियो सुटिङ गरिन् । बेलुकापख स्टुडियो पुगेर अर्को गीत गाइन् । गायक अर्जुन सापकोटाले आफ्नो गीत ‘ए ठूली’को फिमेल भर्सन सिम्रनको स्वरमा रेकर्ड गराए । यो गीत सोमवार सार्वजनिक गर्ने तयारी छ । आइतवार दिउँसो सिम्रनको अभिनय रहेको भिडियो सार्वजनिक गरिएको छ ।

सिम्रनलाई अन्य थुप्रैले रेकर्डिङको प्रस्ताव गरिरहेका छन् । उनले केही गीत रेकर्ड गराइसकेकी छिन् ।
सिम्रनलाई रेकर्डिङका लागि मात्र होइन, लाइभ दोहोरीका लागि समेत प्रस्तावको ओइरो छ । उनी लाइभ दोहोरीमा पुगेर गाएको भिडियो समेत युट्युबमा आइसकेको छ ।

चर्चित टेलिसिरियलमा अभिनयका लागि समेत प्रस्ताव उनीकहाँ पुगिसकेको बुझिएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।