किन बढ्यो गोलभेंडाको मूल्य ?

काठमाडौ । अहिले गोलभेंडाको मूल्य अकासिएको छ। जसले गर्दा भान्सासमेत थप महँगो बनेको छ। बजारमा उच्च माग र आपूर्ति कम हुँदा एक्कासि गोलभेंडाको मूल्य बढेको व्यापारीहरू बताउँछन्। महिना दिनअघि करिब २५ रुपैयाँ किलोसम्म पाइने गोलभेंडा अहिले डेढ सय रुपैयाँसम्म पुगेको छ।

कालिमाटी तरकारी तथा फलफूल बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार गत असार २ गते गोलभेंडा लगभग ९५ टन जति भित्रिएको थियो। त्यस्तै साउनको तीन साता (२०–२२) ३७ टनमा झरेको थियो। अहिले ६१ प्रतिशत कम आयात भइरहेको छ।

जेठ र असार पहिलो साता किसान तथा व्यापारीले गोलभेंडाको प्रतिकेजी दुई रुपैयाँ पनि नपाएपछि कालीमाटीमै गोलभेंडा फालेर विरोध प्रर्दशन गरेका थिए। तर अहिले भने अवस्था उल्टिएको छ।

‘नाफा कमाउने लोभले कतिपय किसानले भन्सार छलेर लुकिछिपी भारतमा निर्यात गर्दा पनि मूल्यवृद्धिको समस्या आएको हो। तर अहिले भारतमा निर्यात कम भएको छ। त्यसैले गोलभेंडाको मूल्य पनि केही घटेको छ,’ सूचना अधिकारी श्रेष्ठले भन्नुभयो, ‘भारतमा उत्पादन कम भएका कारण पनि केही व्यापारीले लुकीछिपी पठाएको पनि पाइएको छ।’

अहिले कालिमाटीमा दैनिक ३० देखि ३५ टन गोलभेंडा भित्रिन्छ। सामान्यतया ६० देखि ६५ टन भित्रिने गरेको भए पनी उपभोक्तका लागि पुर्याउन सकिने श्रेष्ठको भनाइ छ। ‘माग त यथावत् नै छ। मूल्य मात्र बढेको हो,’ श्रेष्ठले भन्नुभयो, ‘जहाँ मूल्य बढी पाइन्छ किसान तथा व्यापारीले त्यसैलाई प्राथमिकता दिन्छन्।’

श्रेष्ठका अनुसार भारतमा अत्यधिक निकास हुनु पनि मुख्य समस्या नै हो।

भन्सारबाट तथा लुकीछिपीसमेत वीरगन्ज, भैरहवालगायतका नाकाबाट गोलभेंडा भारत गइरहेको भक्तपुरका ढुंगाना एग्रिकल्चर प्रालिका सञ्चालक सामर्थ ढुंगाना बताउनुहुन्छ। ‘सिजनमा हामीले दिनको ४ देखि ५ टनसम्म उत्पादन गर्ने गरेका छौँ। अहिले लागत ३५–४० लाग्दा ८० देखि ९० सम्म प्रतिफल पाइएको छ। यसमा धेरै खुसी हुनुपर्ने कुरा छैन,’ ढुंगानाले भन्नुभयो, ‘सरकारले किसानको समस्या समाधान गर्न कृषि उत्पादनको मूल्य यथाशीघ्र तोकिदिए फाल्नुपर्ने या अभाव हुने अवस्था आउने थिएन।’

केही दिनअघि प्रतिकेजी १२० रहेको मूल्य घटेर ९० हुँदै फेरि सय पुगेको श्रेष्ठको भनाइ छ। उहाँका अनुसार गोलभेँडाको मूल्य स्थिर छैन। दिनकै बढ्ने–घट्ने भइरहन्छ। ‘गत हप्ता सानो गोलभेंडा प्रतिकिलो ६०–७० मा बिक्री भएको थियो,’ श्रेष्ठले भन्नुभयो, ‘त्यस्तै टनेलको गोलभेंडा प्रतिकिलो ७५ देखि ९० मा वितरण भएको थियो। कुन दिन मूल्य घट्छ–बढ्छ थाहै हुँदैन।’

पहिले दिनमै एक क्यारेट गोलभेंडा बिक्री हुने गरेकामा अहिले मूल्य बढेपछि एक क्यारेट बिक्न गाह्रो भएको कालिमाटीस्थित तरकारी व्यापारी डिल्लीकुमार रावल क्षेत्रीले बताउनुभयो। यस्तै, अर्का व्यापारी राम कटुवालका अनुसार सस्तो हुँदा फाल्नुपर्ने अवस्था आए पनि महँगो भएपछि उपभोग बढेको छ।

‘हामीले त भान्सामा गोलभेंडा कम प्रयोग गर्ने थालेका छौँ,’ कालिमाटीमा तरकारी किन्न आउनुभएकी मिनाकुमारी भन्नुहुन्छ, ‘पहिले हप्तामा दुई–तीन किलो प्रयोग गरिन्थ्यो। अहिले आधा किलोले नै पुर्याउन कोसिस गर्छौं। यसरी नै मूल्य बढ्दै गयो गोलभेंडा प्रयोग गर्न बन्द गर्नुपर्ने अवस्था आउन सक्छ।’ – INS

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।