र्‍यापर साकारको म्याजिक तीन देशको युट्युब ट्रेन्डिङमा

काठमाडौँ । ‘लिटिल बुद्ध’का रुपमा परिचित नेपाली र्‍यापर तथा गायक साकारको नयाँ गीत ‘म्याजिक’को भिडियो यतिबेला नेपाल, अष्ट्रेलिया र युएईमा ट्रेन्डिङमा रहन सफल भएको छ ।

८८ सेभेज गड फिचर्ड भिडियो केही दिन अगाडि सार्वजनिक भएको थियो । ८८ सेभेज गड अमेरिकाको न्यू हेम्पशायरमा बस्दै आएका कलाकार हुन् ।

साकारका अनुसार भिडियो नेपालमा ट्रेन्डिङ ५ मा, अष्ट्रेलियामा १४ मा र युएईमा १३ मा छ । ५ दिन अगाडि रिलिज भएको भिडियाले नेपालमा ६ लाख बढी भिउज पाएको छ । साकारको एल्बम ‘इक्स्टेसी इन द प्यालेस’मा समेटिएको पछिल्लो म्यूजिक भिडियो ‘नो पिस इन लभ’को सफलतापछि ‘म्याजिक’ सार्वजनिक गरेका हुन् ।

‘नो पिस इन लभ’ पनि नेपालको युट्युब ट्रेन्डिङमा १ नम्बरमा, अष्ट्रेलियामा ६ नम्बरमा र युएईमा ४ नम्बरमा रहन सफल भएको थियो ।

साकारले ‘म्याजिक’ झण्डै एक वर्षको मेहनतपछि बजारमा ल्याएको बताए । ‘मैले यसअघिको गीतभन्दा फरक संगीतमा म्याजिक ल्याएको छु । यो गीतमा दर्शकले र्‍याप, आरएण्डबी र रेट्रो डान्स म्युजिक सुन्न सक्नुहुनेछ’, उनले भने, ‘गीतमा प्रयोग गरिएको कोरस पनि आकर्षक सुनिन्छ । यो गीतलाई दर्शकले अझ बढी रुचाउनु हुनेछ भन्नेमा आशावादी छु ।’

एनएफटीपी टिमले यो भिडियो निर्माण गरेको हो । भिडियोमा टीमकै निर्देशन, सम्पादन र भीएफएक्स छ । भिडियोमा कलाकारहरुले ब्रह्माण्डको यात्रा गर्दै गरेको र अचम्मले भरिपूर्ण काल्पनिक संसारमा एलियनले भ्रमण गर्दै गरेको देखाइएको छ । साकारले आगामी सेप्टेम्बरबाट विभिन्न मुलुकमा सांगीतिक कार्यक्रम गर्दैछन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।