गाेरू काटेका साँस्कृतिक अभियन्ता रिहाई भएपछि सम्मानित

विजयपुर । राष्ट्रिय जनावर गाेरू काटेको अभियाेगमा पक्राउ परेका अभियन्ताहरू रिहाइ भएपछि धरानमा सम्मानित भएका छन् । गाैहत्या र गाेमांस उपभोग, खरिदबिक्रीकाे अभियाेगमा पक्राउ परेका साँस्कृतिक अभियन्ता विन्द्रा कुमार राई सम्मानित भएका छन् ।

राई गत साउन ९ गते पक्राउ परेका थिए । जाे गत साउन २६ मा रिहा भए । उनीसहित राजन परियार पनि थुनामुक्त भए । धरानमा २०६३ यता गाेरू काटिँदै र नागरिकस्तरमा आएको छ ।

नेपाल आदिवासी जनजाति महासङ्घ, उपमहानगर समन्वय परिषद धरान र साँस्कृतिक अधिकार संरक्षण मञ्चले धरानको मङ्गलबारेमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष सुवासचन्द्र हुक्पा चाेङवाङलगायत आदिवासी/मूलवासीजन्य सङ्गठनहरू र राजनीतिक दलका नेताहरूले सम्बाेधन गरे । कार्यक्रमपश्चात् अतिथि र उपस्थित सबैलाई गाेरूकाे मासुको परिकारले स्वागत गरिएको थियोे ।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टी लिम्बुवानका देउमान लिम्बु, राष्ट्रिय जनमुक्ति पार्टीका विष्णु थाम्देन, सङ्घीय लिम्बुवान पार्टीका सुनसरी अध्यक्ष श्याम भुजेल, लिम्बुवान समितिका राजकुमार लिम्बू, जसपानिकट समाजवादी युवा सङ्घका प्रदेश एक अध्यक्ष श्री सुब्बाले धारणा राखे ।

त्यस्तै, किरात याक्थुङ चुम्लुङ धरानका अध्यक्ष तिर्थ मादेम्बा, पहिचानका लागि युवाका सुनसरी संयाेजक राजु राई, आदिवासी जनजाति युवा महासङ्घ, यूके र आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ यूकेका संयाेजक अमित थेबे मिहाङले ऐक्यबद्धता जनाउँदै आदिवासी रैथाने समुदायको साँस्कृतिक अधिकारबारे धारणा राखे । सभा सचिव मनाेहर शाक्यले सञ्चालन गरेका थिए ।

नेपालकाे संविधान २०७२ का कतिपय धाराहरू आदिवासीकाे साँस्कृतिक एवम् राजनीतिक अधिकार विरुद्ध रहेका छन् । नेपाललाई संविधानले धर्मनिरपेक्ष मुलुक घाेषणा गरेको छ । तथापि, संविधानकाे धारा ९ ले गाईलाई ‘राष्ट्रिय जनावर’ करार गरेको छ ।

आदिवासी-जनजाति, दलित, मुस्लिम आदि समुदायले मासु–जन्य आहारको रूपमा उपभोग गर्दै आएको गाईलाई ‘राष्ट्रिय जनावर’को गलत तर्क पेश गर्दै गाई-गोरुको बध गरेमा अपराध करार गर्दै मुलुकी अपराध (संहिता) ऐन, २०७४, भाग २, परिच्छेद–२७ अनुसार ‘गाई, गोरु बध गरेमा’ तीन वर्षसम्मको कैद सजायको व्यवस्था गरिएको छ ।

उक्त दण्ड सजायको व्यवस्थाले कुनै पनि व्यक्तिले न्यूनतम खाद्य एवं आहार उपभोग गर्न पाउने मानवअधिकार र मौलिक हकको हत्या गरेको छ । संविधानको धारा २६ मा धार्मिक स्वतन्त्राको हक र
धारा ३२ मा भाषा र संस्कृतिको हक रहने उल्लेख छ । नेपाल पक्ष राष्ट्र भएर आदिवासी जनजातिको मानवअधिकारसम्बन्धि घाेषणापत्र र आदिवासी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम सङ्गठनकाे महासन्धि १६९ मा हस्ताक्षर गरेको छ । सन्धि ऐनले नेपालले सही गरेका अन्तर्राष्ट्रिय कानुन, सन्धि, महासन्धिलाई राष्ट्रकाे कानूनभन्दा माथि राखेको छ । बाँझिएका कानूनहरू धाराहरू बाँझिएकाे हकसम्म स्वत: निष्क्रिय या खारेज हुनेछन् ।

गैरहिन्दू आदिवासी/मूलवासी, मुस्लिम, अल्पसंख्यक र पिछडा वर्गले गाई या गाेरूकाे मासु या शरीरको कुनै भागलाई साँस्कृतिक अनुष्ठानका लागि आदिमकालदेखि प्रयाेग गर्दै आइरहेका छन् । भारतका संविधानका पिता डा. भीमराव अम्बेडकरले एक निबन्धमा लेखेका छन्, ‘ऋग्वेदिक कालका आर्यहरूले खानाको लागि गाई मार्ने गर्थे, जुन ऋग्वेदबाट नै स्पष्ट छ ।’

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।