यी हुन् ८० वर्षको उमेरमा १२ कक्षा उत्तीर्ण गर्ने रत्नकुमारी

काठमाडौं । पढ्नलाई उमेरले छेक्दैन भन्ने पछिल्लो दृष्टान्त बनेकी छन् रामेछापकी रत्नकुमारी सुनुवार । उमेरले ८० वर्ष टेकिसकेकी उनी हिजो प्रकाशित कक्षा १२ को परीक्षामा २.६४ जीपीएका साथ उत्तीर्ण भइन् ।

रत्नकुमारीले काठमाडौंको शान्तिनगरस्थित बानेश्वर क्याम्पसबाट १२ कक्षाको बोर्ड परीक्षा दिएकी थिइन् । ग्रामीण विकास, समाजशास्त्र र जनसञ्चार विषय लिएर पढेकी उनी नियमित विद्यालय जाने गर्थिन् ।

रामेछाप ‘चरिकोट अड्डा’ मा जन्मेकी रत्नकुमारीका चार छोराछोरी र सात नातिनातिना छन् । उमेरमा लेक–बेसी धाउँदा र मेलापात गर्दैमा व्यस्त भएर पढ्न नपाएको उनी बताउँछिन् ।

‘पछि सन्तान हुर्काएर फुर्सदिलो भएपछि पढ्ने रहर जाग्यो,’ उनी भन्छिन् ।

रत्नकुमारीले कोरोना आएका बेला एसईईको परीक्षा दिएकी थिइन् । त्यसपछि लगालग परीक्षा दिएर १२ कक्षा उत्तीर्ण भएकी हुन् ।

केही समयअघि बीबीसीसँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘पढ्नलाई उमेरले छेक्दो रहेनछ । पहिले मलाई धेरैले खिस्याउँथे । घाम तापेर नबसेर के लखर लखर हिँडेको भनेर खेदो खन्थे । पाकेको धानमा पानी लगाएर के फाइदा भन्थे । तर मैले कसैको वास्ता गरिनँ ।’

उनलाई पढ्नका लागि परिवारका सदस्यहरूले हौसला दिएका थिए । छोराबुहारी र श्रीमानको हौसलाले आफू पढाइमा अघि बढेको उनले बताएकी छन् ।

छोराछोरीहरूले पढाइ अपूरो छोडेपछि उनीहरूलाई प्रेरणा दिनका लागि पनि आफूले पढ्न थालेको उनको भनाइ छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।