सनी देओलको ‘गदर २’ २०० करोड क्लबमा, मंगलबार एकै दिन कमायो ५५ करोड

मुम्बई । सनी देओल स्टारर बलिउड फिल्म ‘गदर २’ ले भारतीय बक्स अफिसमा धमाका मच्चाउने क्रम जारी छ । फिल्मले हरेक दिन रेकर्ड तोडिरहेको छ । मंगलबार ७७ ‌औं भारतीय स्वतन्त्रता दिवसको दिनमा मात्र फिल्मले ५५ करोड भारुको कमाइ गरेको छ ।

शुक्रबार रिलिज भएको फिल्मले पाँचौ दिनसम्म २०० करोड क्लबमा प्रवेश गरिसकेको छ । ४० करोडबाट खाता खोलेको फिल्मले दोस्रो दिन ४३.०८ करोड, तेस्रो दिन ५१.७ करोड र चौथो दिन ३८.७ करोड कमाइ गरेको छ । पाँचौ दिनको कमाइ ५५ करोड गरी कुल २२८ करोड भारु कमाइ गरेको छ ।

केही वर्षदेखि आफ्नो करिअरमा फ्लप फिल्मको शृंखला झेलिरहेकका सनी देओललाई ‘गदर २’ सञ्जीवनी बुटी नै बनेको बलिउड व्यापार विश्लेषकहरुले बताएका छन् । ‘गदर २’ २०० करोड कमाउने सनीको पहिलो फिल्म समेत बनेको छ । अनिल शर्माले निर्देशन गरेको फिल्ममा अमिषा पटेल र उत्कर्ष शर्माको पनि मुख्य भूमिका छ ।

उता, शुक्रबार नै रिलिज भएको अक्षय कुमार र पंकज त्रिपाठी स्टारर ‘ओह माइ गड २’ ले पनि बक्स अफिसमा कमाइको गति निरन्तर बढाइरहेको छ । फिल्मले मंगलबार पाँचौं दिनसम्म ७३.६७ करोड भारु कमाइ गरेको छ । फिल्मले मंगलबार भारतीय स्वतन्त्रता दिवसकाका दिन १८.५० करोड कमाइ गरेको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

फिल्मले विद्यालयमा यौन शिक्षा दिनुपर्ने गम्भीर विषय उठाएको छ । एडल्ट सर्टिफिकेट पाएको फिल्मलाई दर्शकहरुले निकै रुचाएका छन् । फिल्मलाई समीक्षकबाट पनि सकारात्मक समीक्षा प्राप्त भएको छ । फिल्मलाई अमित रायले निर्देशन गरेका हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।