कि इन्टरटेन्मेन्टले ल्यायो ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’

काठमाडौंँ । ‘कमेडी क्लब विथ च्याम्पियन्स’ असारको अन्तिम साताबाट बन्द भयो । दर्शकमाझ लोकप्रिय यो शो बन्द हुने बितिक्कै यसैको नाममा केही कलाकार थपिएर अर्थात ‘कमेडी क्लब विथ च्याम्पियन्स २.०’ नामबाट अर्काे शो आएको छ ।

कि इन्टरटेन्मेन्टले अधिकांश नयाँ कलाकार लिएर यो शो सुरु गरेको हो । यमन श्रेष्ठको सञ्चालन रहेको ‘शो’ को पहिलो भाग अभिनेता राजेश हमाल अतिथीको रुपमा सहभागी छन् । मंगलबार ओएसआर डिजिटलको युट्युबमार्फत सार्वजनिक भएको शोमा अध्यक्ष भने हाँस्यकलाकार राजाराम पौडेल बनेका छन् ।

यस अगाडि विशाल भण्डारीले निर्माण गरेको शो ‘कमेडी क्लब विथ च्याम्पियन्स’ भन्दा यो शो कमजोर भएको प्रतिक्रिया दर्शकले दिएका छन् । कतिपयले शो पहिले देखिदैै आएका सुमन कार्की, कलास कार्की लगायत कलाकारलाई पुन ल्याउनुपर्ने माग गरेका छन् ।

शोमा रोशन सुवेदी, अजय रेग्मी, दोरेश खतिवडा, सुचित्रा उप्रेती, अर्पण तामाङ लगायका कलाकारको अभिनय छ । संगीत सापकोटाको लेखन रहेको शोका निर्देशक ज्ञानेन्द्रराज मिश्र हुन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।