यस कारण अक्षय कुमारले लिएका थिए क्यानडाको नागरिकता

भारतीय फिल्म अभिनेता अक्षय कुमारले मङ्गलवार आफू एक पटक पुनः भारतीय नागरिक बनेको घोषणा गरे । उनले यो जानकारी भारतको स्वतन्त्रता दिवसका दिन आफ्नो ट्विटरमार्फत दिएका थिए ।

क्यानेडेली नागरिकताको विषयमा धेरैजसो आलोचनाको सामना गर्ने अक्षय कुमारले आफ्नो नागरिकता प्रमाणपत्र ट्विटरमा सेयर गरेका हुन् । ५५ वर्षीय अक्षय कुमारले यो घोषणासँगै एउटा सन्देश पनि पोस्ट गरेका छन् ।

उनले लेखे, ‘मन र नागरिकता दुवै हिन्दुस्तानी । स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द ।’

किन लिएका थिए क्यानेडेली नागरिकता ?

अक्षय कुमारले धेरै वर्षअघि यसबारे कुरा गरेका थिए । उनका अनुसार ९० को दशकमा कुनै बेला उनको करियर खराब अवस्थाबाट गुज्रिएको थियो । समाचार एजेन्सी पिटिआईको रिपोर्ट अनुसार त्यति बेला उनका १५ फिल्म लगातार फ्लप भएका थिए ।

अक्षय कुमारले भनेका थिए, ‘त्यति बेला यस्तो स्थितिमा मैले क्यानडाको नागरिकताका लागि निवेदन दिएको थिएँ ।’

सन् २०१९ को लोकसभा चुनावमा उनले मतदान नगरेपछि उनको नागरिकताको विषयमा सोसल मिडियामा ठुलै बहस निम्तिएको थियो ।

भारतीय नागरिकताका लागि निवेदन

सन् २०१९ मा एक कार्यक्रमका बेला अक्षय कुमारले सार्वजनिक रूपमा आफूले भारतीय पासपोर्टका लागि आवेदन दिएको बताएका थिए ।

हिन्दुस्तान टाइम्स लिडरसिप समिटका बेला अक्षय कुमारले भनेका थिए, ‘भारतीय हुँ भनेर आफूलाई प्रमाणित गर्नका लागि मलाई कागजातको आवश्यकता पर्ला भनेर मैले सोचेकै थिइनँ ।’

उनले भनेका थिए, ‘१४ वटा फिल्म असफल भएपछि मैले केही अरू नै बाटो अपनाउनुपर्छ कि भन्ने सोचेँ । क्यानडामा बस्ने मेरा एक नजिकका साथीले मलाई त्यहाँ आउन भने । उनले केही कुरामा मिलेर काम गरौँ भनेका थिए ।’

‘उनी पनि भारतीय हुन् र त्यहाँ बसिरहेका छन् । मैले त्यहाँको पासपोर्ट लिएँ किनभने यहाँ मेरो करियर सकियो भन्ने लागेको थियो । तर त्यति नै बेला मेरो १५ औँ फिल्म हिट भयो र त्यसपछि मैले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन । म अघि बढिरहेँ । तर मैले आफ्नो पासपोर्ट फेर्नुपर्छ भनेर मैले कहिल्यै सोचिनँ ।’

तर नागरिकताबारे विवाद बढेपछि उनले भारतीय पासपोर्टका लागि निवेदन दिने निर्णय गरे ।

अक्षयले त्यही कार्यक्रममा भने, ‘मैले यसका लागि निवेदन दिएको छु किनभने मलाई लाग्छ कि मानिसहरूले यसैलाई मुद्दा बनाएका छन् । मैले म भारतीय हुँ भनेर प्रमाणित गर्नका लागि आफ्नो पासपोर्ट देखाउनुपर्छ । यो कुराले मलाई पीडा दिन्छ । त्यसैले म कसैलाई केही भन्ने मौका दिन चाहन्नँ । त्यसैले भारतीय पासपोर्टका लागि आवेदन दिएँ ।’

‘मेरी श्रीमती भारतीय हुन् र मेरो छोरा पनि भारतीय हो । मेरो परिवारका हरेक व्यक्ति भारतीय हुन् । म भारतलाई नै कर तिर्छु । मेरो जीवन यहाँ छ तर केही मानिस अर्कै सन्देश दिन चाहन्छन् ।’

‘हिरो’ अक्षयको सुरुवाती कहानी

कश्मीरकी आमा र पन्जाबी पिताको घरमा ९ सेप्टेम्बर सन् १९६७ मा जन्मिएका राजीव भाटियाले कुनै बेला बुवाले गाली गर्दा पढिनँ भने हिरो बन्छु भनेका थिए ।

रिसको झोँकमा बुवालाई भनेको कुरा उनले केही वर्षमा साँचो प्रमाणित गरिदिए । राजीवका बुवा हरि ओम भाटिया सुरुमा सेना थिए । त्यसपछि एकाउन्टेन्टको जागिर गर्न थाले ।

केही समयपछि भाटिया परिवार दिल्लीबाट मुम्बई सिफ्ट भयो । राजिव माटुंगाको डन बस्को स्कुलमा भर्ना भए ।

राजिव भाटियालाई खेलकुदमा असाध्यै रुचि थियो । छिमेकका बच्चाहरूले कराँते खेलेको देखेर उनलाई पनि यसो गर्न मन लाग्यो । १० कक्षाको पढाई पूरा गर्ने बित्तिकै बुवासँग जिद्दी गरेर राजिव मार्सल आर्ट्स सिक्न बैंकक गए ।

ब्ल्याक बेल्ट पाए । पाँच वर्षपछि कोलकाता–ढाकामा ट्राभल एजेन्ट, होटेलमा काम गर्दै उनी दिल्ली पुगे । केही समय लाजपत राय मार्केटबाट कुन्दन ज्वेलरी किनेर मुम्बईमा बेचे ।

राजिव भाटियाबाट अक्षय कुमार बन्ने कहानी

तर उनको मन पुनः मार्सल आर्ट्स तिर लाग्यो । त्यसपछि बच्चालाई मार्सल आर्ट सिकाउन सुरु गरे । त्यो जमानामा एक महिनाको कमाई हुन्थ्यो करिब चार हजार रुपैयाँ ।

राज्यसभा टिभीलाई दिएको अन्तरवार्तामा कसैको सल्लाहमा राजिव भाटिया मोडलिङको बाटोमा हिँडे । फर्निचरको पसलमा भएको पहिलो फोटोसुटका लागि राजिव भाटियाले २१ हजारको चेक पाए । राजीवलाई यो कामबाट पाएको चेक त ठुलो लाग्यो तर यसमा लेखेको नाम खासै मन परेन । त्यसैले राजीवले आफ्नो नाम यत्तिकै फेरेर अक्षय कुमार लेखे ।

संयोग नै भनौँ नाम फेरेको भोलिपल्टै अक्षयले हिरोको रूपमा आफ्नो पहिलो फिल्म पाए । यो फिल्म थियो सन् १९९१ मा रिलिज भएको ‘सौगन्ध’ ।

यद्यपि, यसअघि उनले फिल्म ‘आज’ मा सानो भूमिका खेलिसकेका थिए ।

बीबीसी

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।