छथर जोरपाटीमा श्रमदानबाट सडक मर्मत
धनकुटा,३१ साउन । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको सिंधुवा, पिपलडाँडा गुवाबेँसी सडक खण्डमा बर्षाका कारण भएको क्षेत्रीको मर्मत सुरु गरिएको छ ।
जनप्रतिनिधि, स्थानिय, टोली विकास समिति लगायत सरोकारवालाको श्रमदानबाट बाटो मर्मतको काम सुरु गरिएको छथर जोरपाटी गाउँपालिका ५ का वडा अध्यक्ष डिक बहादुर लिम्बुले जानकारी दिनु भयो ।
बर्षाका कारण यतायतका साधन संचालनमा समस्या भए पछि सडममा गिटी, ढुङ्गा बिछ्याउने, नाली काट्ने लगायतको काम सुरु गरिएको वडा अध्यक्ष लिम्बुको भनाई थियो ।
बाटो मर्मत भएपछि यातायत संचालनमा सहजता हुने र त्यसले स्थानिय लाई समेत आवत जावतमा सहज हुने जनाइको छ ।


