रजनीकान्तको ‘जेलर’ले ६ दिनमा कति गर्यो कलेक्सन ?
काठमाडौं । आकर्षक इनिसियल ओपनिङ गरेको दक्षिण भारतीय सिनेमा ‘जेलर’ले बक्सअफिस कलेक्सन चार सय करोडभन्दा माथि गरेको छ ।
गत बिहीबार रिलिज भएको दक्षिण भारतीय सुपरस्टार रजनीकान्त मुख्य भूमिकामा रहेको सिनेमाले पहिलो दिन नै ४४ करोड भारतीय रुपैयाँभन्दा धेरै ग्रस कलेक्सन गरेको थियो ।
६ दिनमा भारत र ओभरसिज मार्केट गरेर चार सय करोडभन्दा माथि ग्रस कलेक्सन गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ‘जेलर’को इन्डिया कलेक्सनले दुई सय करोडको अंक पार गरिसकेको र विश्वव्यापी आम्दानी चार सय करोड रूपैयाँभन्दा माथि रहेको समाचारमा उल्लेख छ ।
‘जेलर’ले तमिलनाडु राज्यमा मात्रै पहिलो दिन २३ करोड भारु कलेक्सन गरेको थियो । कर्नाटकमा ११ करोड कलेक्सन गरेको थियो ।
दक्षिण भारतमा रजनीकान्तको लोभलाग्दो क्रेज छ ।


