दीपा-विशालको टिमलाई बाहिरै राखेर ‘कमेडी क्लब’को दोस्रो सिजन सुरु

काठमाडौं । पछिल्लो समयको हिट रियालिटी शो ‘कमेडी क्लब विथ च्याम्पियन’ बन्द भएको एक महिनाभित्रै दोस्रो सिजन ल्याइएको छ ।कार्यक्रमको उत्पादक कि एड्भर्टाइजिङले पुरै नयाँ टिम बनाएर ‘कमेडी क्लब विथ च्याम्पियन २‍.०’ नाममा दोस्रो सिजनको प्रसारण थालेको हो ।

यसअघि यो शो विशाल भण्डारी र उनको टिमले चलाउँदै आएका थिए । कार्यक्रमको अध्यक्षको भूमिकामा निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला थिइन् ।

कार्यक्रममा सुमन कार्की, सजन श्रेष्ठ, म्याक्सम गौडेल, कैलाश कार्की, पवन भट्टराईजस्ता नयाँ पुस्ताका प्रतिभाशाली कमेडियनहरुको उपस्थिति थियो ।

तर, दुई दिनअगाडि प्रसारित दोस्रो सिजनको पहिलो एपिसोडमा यी कलाकारहरू कोही पनि देखिएनन् । कि एड्भर्टाइिजङले रोशन सुबेदी, अजय रेग्मी, डोरेस खतिवडा, सुचीत्रा उप्रेति, अर्पण तामाङ लगायत नयाँ कमेडियनहरुको टिम बनाएको छ ।

कार्यक्रम उद्घोषकमा लिजेन्ड्री हास्य कलाकार मदनकृष्ण श्रेष्ठका छोरा यमन श्रेष्ठ छन् भने अध्यक्षको आसनमा छन् हास्यकलाकार राजाराम पौडेल ।

पहिलो एपिसोडले खासै दर्शकलाई प्रभावित गर्न सकेको छैन । अभिनेता राजेश हमाललाई अतिथि बनाइएको भए पनि कमेडियनहरुको प्रस्तुति फितलो देखियो ।

पहिलेको ‘फ्लेभर’ यसमा भेटिएन । दीपाश्रीको हाँसोले कार्यक्रमलाई गुल्जार बनाउँथ्यो, तर राजाराम पौडेलले न हाँस्ने ठाउँ पाएका छन्, न आफैँले हँसाउन सकेका छन् ।

किन बाहिरिए विशाल–दीपा ?

विशालको थ्री प्रोडक्सन र की एड्भरटाइजिङबीच सम्झौता भएर कमेडी क्लब विथ च्याम्पियनको निर्माण भएको हो । थ्री प्रोडक्सनद्वारा उत्पादित कार्यक्रम कमेडी च्याम्पियनको पहिलो र दोस्रो सिजनका प्रतिस्पर्धीहरूको बलियो टिम बनाएर कि एड्भरटाइजिङको लगानीमा कार्यक्रमको उत्पादन गरिएको थियो ।

थ्री प्रोडक्सन र कि एड्भरटाइजिङबीचको सम्झौताको अवधि असार मसान्तबाट गुज्रिएपछि कमेडी क्लब विथ च्याम्पियन बन्द भएको हो । दीपाको सम्झौता पनि असारसम्मकै लागि थियो । कि एड्भरटाइजिङले भने विशालसँग सम्झौता नवीकरण गरेर कार्यक्रमलाई निरन्तरता दिन चाहेको थियो । तर, विशालले केही महिना ब्रेक मागे । यसबीचमा उनी कमेडी च्याम्पियनको तेस्रो सिजन ल्याउने योजनामा थिए ।

तर, कि एड्भरटाइजिङले नेपाल टेलिभिजनसँग वार्षिक सम्झौता गरेको हुनाले बीचमा ब्रेक लिन मिल्ने अवस्था नभएको कम्पनीका प्रमुख रविन्द्र रिजाल बताउँछन् ।

‘हामीले उहाँहरुलाई छोड्नुस् भनेका होइनौँ, उहाँहरू आफैँले छोडेकाले नयाँ टिम बनाएर निरन्तरता दिन बाध्य भएका हौँ । किनकि नेपाल टेलिभिजनसँग हामीले स्लटका लागि एक वर्षको सम्झौता गरिसकेका छौँ,’ रिजालले भने ।

विशाल बाहिरिए पनि कलाकारहरू भने केही समयमा फर्किने उनको विश्वास छ । ‘अहिले कलाकारहरू सबै विभिन्न टुरमा व्यस्त भएका छन् । दुई-तीन महिनापछि फर्किने कुरा छ,’ उनले भने ।

त्यसो त उनी नयाँ टिमप्रति पनि आशावादी छन् । सुरुमा दर्शकलाई अलिकति खल्लो लागे पनि बिस्तारै यो टिमले सफलता पाउने उनको विश्वास छ ।

यसअघिकी अध्यक्ष दिपाश्री निरौला भने कि एड्भरटाइजिङले नयाँ सिजन ल्याउँदा सल्लाह नगरेको बताउँछिन् । ‘केही समय ब्रेक लिने कुरा भएको थियो । मैले पनि नयाँ सिजन युट्युबमा आएपछि मात्रै थाहा पाएँ,’ उनले भनिन् ।

विशाल भण्डारी भने अहिले कमेडी च्याम्पियन तेस्रो सिजनको तयारी गरिरहेका छन् । उनले कमेडी क्लब विथ च्याम्पियनको कपिराइटलाई लिएर कुनै कानूनी उपचार खोज्छन् वा खोज्दैनन् भन्ने प्रष्ट भइसकेको छैन । कि एड्भरटाइजिङले भने सबै लगानी आफूहरूले गरेको हुँदा कपिराइटको प्रश्नै नउठ्ने बताएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।