छथर जोरपाटीमा संचालित सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविरमा १ हजार ४ सय बढीले लिए सेवा
धनकुटा,१ भदौ । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले संचालन गरेको सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविरमा १ हजार ४ सय २ जनाले सेवा लिएका छन् ।
कार्यपालिकाको निर्णण अनुसार छथर जोरपाटी गाउँपालिका अन्र्तगतको राष्ट्रिय परिचय पत्र वितरण तथा पञ्जीकरण सेवा ईकाइको आयोजनमा पालिककाका सबै वडाका विभिन्न स्थानमा सामाजिक सुरक्षा परिचय पत्र नविकरण शिविर संचालन १ महिना सम्म शिविर संचालन गरेको थियो ।
नागरिकहरुले स्थानिय सरकार बाट सहज रुपले सेवाको पाउनु पर्छ भन्ने अपेक्षा राखेकोले सबै वडाका टोलहरुमा शिविर संचालन गरि सेवा उपलब्ध गराइएको छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले बताउँनु भयो ।
छथर जोरपाटी गाउँपालिकामा समाजिक सुरक्षा भतmालिनेको संख्या १ हजार ७ सय ९८ जना रहेको जनाइएको छ । शिविरमा छुटेकाहरुको समेत भदौ मसान्त सम्ममा नविकरण गर्न सबैमा गाउँपालिकाले आग्रह गरेको छ ।


