भारत र आयरल्यान्डबीचको तीन खेलको टी–२० शृङ्खला आजदेखि : भारतको कप्तानी बुमराहले गर्ने

काठमाण्डाै – भारत र आयरल्यान्डबीचको तीन खेलको टी–२० शृङ्खला आजदेखि शुरु हुँदैछ । पहिलो खेल मलाहाइडमा नेपाली समय अनुसार आज बेलुका पौने ८ बजे शुरु हुनेछ ।

आयरल्यान्ड भ्रमणमा भारतीय टोलीको कप्तानी जसप्रित बुमराहले गर्दैछन् । उनी हालै भारतीय टोलीमा फर्किएका हुन् । उनले पहिलो पटक टी–२० को कप्तानी गर्न लागेका हुन् । बुमराहले अन्तिम अन्तर्राष्ट्रिय खेल अष्ट्रेलियासँग सन् २०२२ को सेप्टेम्बरमा खेलेका थिए ।

बुमराह ढाडको समस्याबाट पीडित थिए । बुमराह बाहेक तीव्र गतिका बलर प्रसिद्ध कृष्णा पनि भारतीय टोलीमा फर्किएका छन् । आयरल्यान्डको कप्तानी पाउल स्टर्लिङले गर्नेछन् । भारत र आयरल्यान्डसँगको दोस्रो टी–२० खेल पर्सि आइतवार र तेस्रो तथा अन्तिम खेल बुधवार हुनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।