आठ दिनमै ३ सय करोड कमाउँदै गदर–२ ले बनायो रेकर्ड

मुम्बई । गदर–२ ले ३ सय करोड भारु कमाउन सफल भएको छ । फिल्मले प्रदर्शनको आठौँ दिनमा यो उपलब्धि हासिल गरेको हो । शुक्रबार फिल्मले २०‍.५ करोड भारु कमाएको थियो । यसरी फिल्मको कुल कलेक्सन ३०५.१३ करोड भारु पुगेको छ ।

‘गदर २’ ३ सय करोड क्लबमा सामेल हुने दोस्रो सबैभन्दा छिटो हिन्दी फिल्म हो । ३०० करोडको आँकडा छुन मात्र ८ दिन लाग्यो । यसअघि शाहरुख खानको फिल्म ‘पठान’ छ । पठानले ६ दिनमा ३०० करोड भारु कमाएका थिए । ओएमजी–२ ले शुक्रबार ५।६ करोड भारु कमाएको छ । यो फिल्मले हाल ९०.६५ करोड भारु कमाएको छ । आइतबारसम्ममा यो फिल्म १०० करोड क्लबमा सामेल हुन सक्छ ।

हिन्दी फिल्मको इतिहासमा ११ वटा फिल्मले मात्र ३०० करोड भारु कमाउन सफल भएका थिए । ‘गदर २’ यस्तो गर्ने १२ औँ फिल्म बनेको छ । पठान ५४३.०५ करोड भारुका साथ सूचीको पहिलो नम्बरमा छन् । दोस्रो र तेस्रो नम्बर बाहुबली–२ र केजीएफ–२ को हिन्दी भर्सन हो । गदर–२ ले जसरी कमाइ गरिरहेको छ, त्यही अनुसार यो सूचीमा फिल्म टप–३ मा पर्न सक्ने प्रबल सम्भावना छ । केही विज्ञहरुले गदर २ पनि पठानको रेकर्डसम्म पुग्न सक्ने अनुमान गरिरहेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।