म्यानचिनीले छोडेपछि स्पालेट्टी इटालीको नयाँ म्यानेजर नियुक्त

रोम । रोबर्टो म्यानचिनीले छोडेपछि इटालीको राष्ट्रिय फुटबल टोलीले नापोलीका पूर्व प्रशिक्षक लुसियानो स्पालेट्टीलाई नयाँ म्यानेजर नियुक्त गरेको छ। ३३ वर्षमा क्लबलाई पहिलो सिरी ए उपाधि दिलाएपछि ६४ वर्षीय स्पालेट्टीले नापोली छाडेका थिए।

उनले एक वर्ष लामो विश्राम लिने बताए पनि अब फुटबलमा छिटो फिर्ता हुने निर्णय गरेका छन् । म्यानचेस्टर सिटीका पूर्व म्यानेजर ५८ वर्षीय म्यानचिनीले १३ अगस्टमा इटालीको प्रशिक्षक पदबाट राजीनामा दिएका थिए ।

उनले पाँच वर्ष राष्ट्रिय टोलीको नेतृत्व गरे । युरो २०२० मा वेम्बलीमा भएको फाइनलमा इङ्ल्यान्डलाई पेनाल्टीमा पराजित गर्दै टोलीलाई उपाधि दिलाएका थिए। यद्यपि, इटाली गत वर्ष विश्वकपमा छनोट हुन असफल भयो। स्पालेट्टीले सेप्टेम्बर १ देखि कार्यभार सम्हाल्ने बताए।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।