पेस्तोल लिएर भारतबाट नेपाल छिर्दै गर्दा दुई जना पक्राउ

सर्लाही । सर्लाहीमा सशस्त्र प्रहरीले २ थान हतियारसहित दुई जनालाई पक्राउ गरेको छ ।

संग्रामपुरस्थित बोर्डर आउट पोस्ट (बीओपी) ले शनिबार राति पर्सा गाउँपालिका-६ स्थित सीमा क्षेत्रबाट दुई जनालाई हतियारसहित नियन्त्रणमा लिएको हो ।

हतियार लिएर भारतबाट नेपालतर्फ आउँदै गरेका सर्लाहीको हरिपुर्वा नगरपालिका-६ बस्ने प्रकाश यादव र जीवन राय यादवलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।

उनीहरु सवार बीआर १९ जीए ४१४१ नम्बरको मोटरसाइकल चेक गर्ने क्रममा ७.६५ मिमि पेस्तोल एकथान, म्यागजिन १ थान र सोको गोली १५ राउन्ड तथा कटुवा पेस्तोल १ थान र ५ राउन्ड गोली समेत बरामद भएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

साथै उनीहरुबाट ११ हजार ६८० रुपैयाँ, भारतीय बैंकको एटीएम कार्ड पनि बरामद भएका छन् । सबै सामानसहित कारबाहीका लागि उनीहरुलाई राति नै जिल्ला प्रहरी कार्यालयमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।