जनप्रतिनिधिको घरमै घुसेर आक्रमण, उपमेयरसहित परिवारका सदस्य घाइते

जनकपुरधाम । घरमै भएको आक्रमण परी घाइते भएकी बाराको पचरौता नगरपालिकाकी उपमेयर नसिमा खातुनलाई आइसियूमा भर्ना गराउनु परेको छ ।

परवानीपुरस्थित न्यूरो अस्पतालको आइसियू कक्षमा उपमेयर खातुनको उपचार चल्दैछ । उनको मोबाइलमा सम्पर्क गर्दा आफन्त ओरन्जेब आलमले भने, ‘उहाँसम्म कुरा हुँदैन सर ‌। कुरा गर्न सक्ने अवस्थामा हुनुहुन्न । आइसियूमा उपचाररत हुनुहुन्छ।’

शनिवार राती एक समूहले बैरियास्थित उपमेयर खातुनको घरमा आक्रमण गरेको थियो ‌। आक्रमणकारीले उनका पति नेवाजी अन्सारीसहित परिवारका अन्य सदस्यलाई पनि कुटपिट गरेका थिए ।

घाइते उपमेयर खातुन, उनका श्रीमान् र परिवारका अन्य सदस्यलाई आफन्त र स्थानीयले तत्कालै परवानीपुरस्थित न्यूरो अस्पताल र कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

घरमा जसपाका कार्यकर्ताले आक्रमण र लुटपाट गरेको आरोप लागेको छ । उपमेयरका आफन्त बताउने ओरन्जेबले आक्रमण कसले गरेको कुरा आफूलाई थाहा नभएको बताए ‌।

आक्रमणपछि घटनास्थलमा दराज, बाकस र सामानहरू फालिएको देखिएको छ । बाराका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले घटनाबारे अनुसन्धान गरिरहेको बताए । उनका अनुसार उपमेयर खातुनको घरमा दुई पक्षबीच दोहोरो झडप भएको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।