अप्ठ्यारोमा रोमेलु लुकाकु : प्रशिक्षक भन्छन्, ‘मिलेर समाधान खोज्नुपर्छ’

काठमाडौँ । इङ्लिस प्रिमियर लिग क्लब चेल्सीका प्रशिक्षक माउरिसियो पोचेट्टिनोले बेल्जियन स्ट्राइकर रोमेलु लुकाकुको विषयमा देखिएको विवाद क्लब र खेलाडी मिलेर समाधान गर्नुपर्ने बताएका छन् । चेल्सी र ३० वर्षीय लुकाकुबीचको सम्बन्ध विगत लामो समयदेखि चिसिएको छ ।

लुकाकु सन् २०२१ मा इटालियन क्लब इन्टर मिलानबाट चेल्सीमा आबद्ध भएका थिए । चेल्सीले लुकाकुलाई भित्राउन ९७ लाख नौ करोड ७५ लाख पाउन्ड खर्चिएको थियो । चेल्सीले सन् २०२२ मा लुकाकुलाई लोनमा पुनः इन्टर मिलान नै पठाएको थियो ।

इन्टर मिलानबाट खेल्ने क्रममा केही विषयलाई लिएर क्लब र लुकाकुबीच सम्बन्ध चिसिएको थियो । त्यसैले सन् २०२२ को मे महिनादेखि लुकाकुले क्लबबाट खेल्ने अवसर पाएका छैनन् । खासमा इन्टर मिलानबाट रहँदा लुकाकुले कसैलाई जानकारी नदिई अर्को इटालियन क्लब युभेन्ट्सँग सम्बन्ध बढाएका थिए । उनी युभेन्ट्समा आबद्ध हुन चाहन्थे ।

त्यो कुरा वाहिरिएपछि इन्टर मिलानले लुकाकुलाई खेलाउन अस्वीकार गरेको थियो । इन्टर मिलानले त्यसको जानकारी चेल्सीलाई पनि गराएको थियो । सोही विषयलाई लिएर चेल्सी पनि लुकाकुसँग निकै रुष्ट बनेको छ । युभेन्ट्ससँग छलफल गरेको विषयलाई लिएर लुकाकुले माफी पनि मागेका थिए । अहिले लुकाकु इन्टर मिलानबाट चेल्सीमा फर्किसकेका छन् । तर, चेल्सी उनलाई मैदानमा ओराल्न तयार देखिँदैन । गत सिजन पनि अधिकांश समय उनी मैदानमा देखिएका थिएनन् । चेल्सी उनलाई छाडन पनि तयार देखिएको छैन ।

सोही विषयलाई लिएर चेल्सीका प्रशिक्षक पोचेट्टिनोले लुकाकुको विषयमा क्लबले छिट्टै ठोस निणर्य लिनुपर्ने बताएका हुन् । ‘यो विषयलाई लामो समय यत्तिकै राख्नु राम्रो हुँदैन । त्यसैले दुबै पक्ष मिलेर छिट्टै टुंग्याउनु पर्छ,’ पोचेट्टिनो भन्छन् । लुकाकु सन् २०११ मा पहिलो पटक चेल्सीमा आबद्ध भएका थिए । बेल्जियन क्लब एन्डरलेच्टबाट चेल्सीमा आबद्ध हुँदा उनी केवल १८ वर्षका थिए । सन् २०११ देखि सन् २०१४ सम्म चेल्सीमा रहँदा उनले क्लबका लागि एक गोल पनि गर्न सकेका थिएनन् ।

त्यसपछि चेल्सीले उनलाई लोनमा वेस्ट ब्रोमविच र एभर्टनमा पठाएको थियो । चेल्सीसँगको सम्झौता अवधि सकिएपछि उनी सन् २०१४ मा अर्को इङ्लिस क्लब एभर्टनमा आबद्ध भएका थिए । सन् २०१७ मा उनी एभर्टन छाडेर म्यानचेस्टर युनाइटेड पुगेका थिए ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।