१० खेलाडीमा समेटिएको वेस्ट हामसँग हार्‍यो चेल्सी

काठमाडौँ । इङ्लिस प्रिमियर लिगको आइतबार राति सम्पन्न खेलमा चेल्सी पराजित भएको छ । वेस्ट हाम युनाइटेडले चेल्सीलाई ३—१ गोलले हरायो । १० खेलाडीमा समेटिएको वेस्ट हामले चेल्सीलाई स्तब्ध बनाएको हो ।

जारी सिजनको लिगमा दुई खेल खेलेको चेल्सीले एक बराबरी र एक हारको नतिजा निकालेको छ । समान खेल खेलेको वेस्ट हामले भने एक जित र एक बराबरीको नतिजा निकालेको छ । ‘लन्डन डर्बी’ को पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

खेल सुरु भएको सातौँ मिनेटमै वेस्ट हामले अग्रता लिएको थियो । वेस्ट हामका लागि नाएफ अग्वेर्डले गोल गरेका थिए । खेलको २८औँ मिनेटमा चेल्सीका लागि कार्नी चुकवेमेकाले जवाफी गोल फर्काएका थिए । उनले चेल्सीका लागि गरेको यो पहिलो गोल हो । त्यसपछि दोस्रो हाफमा वेस्ट हामले दुई गोल थपेको थियो ।

दोस्रो हाफमा वेस्ट हामले करिब ३० मिनेट केवल १० खेलाडीको भरमा मैदानमा सङ्घर्ष गरेको थियो । निर्धारित समयको ५३औँ मिनेटमा वेस्ट हामका लागि मिसेल एन्टोनियोले दोस्रो गोल गरेका थिए । ६७औँ मिनेटमा वेस्ट हामका नाएफ अग्वेर्ड दोहोरो रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएका थिए । त्यसअघि उनले खेलको १३औँ मिनेटमा पहिलो कार्ड पाएका थिए ।

यसैगरी दोस्रो हाफको इन्जुरी समयको पाँचौँ मिनेटमा वेस्ट हामका लागि लुकास पाक्वेटाले तेस्रो गोल थपेका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए । खेलका क्रममा चेल्सीका खेलाडीले ७६ प्रतिशत समय आफ्नो खुट्टामा बल नचाएका थिए । तर, केवल २४ प्रतिशत समय बलमाथि नियन्त्रण राखेको वेस्ट हामले सजिलै नतिजालाई आफ्नो पक्षमा पार्‍यो ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।