झरीमा रुझ्दै हिलेमा लाखे नाच(भिडियो )
धनकुटा । धनकुटाको हिले बजारमा आज देखि नेवारी समुदायको परम्परागत लाखे जात्रा सुरु भएको छ । झरी र कुहिरोको कुनै प्रवाहनै नगरि हिलेमा लाखे नाच सुरु गरिएको हो ।
हरेक वर्ष निकालिने लाखे नाच यस वर्ष पनि आजबाट झिगुनेवा समाज हिलेले निकाले हो । अन्यत्र गठे मंगलवाटै सुरु भएपनि हिलेमा भने नागपञ्चमीवाट लाखे सुरु गर्ने गरिएको छ । स्थानीय युवाहरू संस्कृति र परम्परा अनुसार लाखे जात्रा सुरु गरिएको झिगु नेवा समाज धनकुटाका अध्यक्ष डिजेस शाक्यले बताउनुभयो ।
लाखेनाच अर्थात विभिन्न नाम दिईएका जात्रामा ढोल, झ्याम्टा बजाउँदै, ठाकठुके नाच, रोपाइँ नाच, विभिन्न हास्य व्यंग्यात्मक कार्यक्रम, जातीय संस्कृति र परम्पराअनुसारको नाच प्रदर्शन गर्दै बजारको परिक्रमा गर्ने चलन छ ।
लाखे पर्व कृष्ण जन्माष्टमीको भोलिपल्ट कृष्णले कंशलाई नाश गरेको दिनमा सकिन्छ । जिल्लाका अन्य स्थानमा भने यस अघिनै लाखे नाचु सुरु भइसकेको छ धनकुटामा धनकुटा बजारमा सबै भन्दा बढी लाखे नाच निश्कने गर्दछ । धनकुटा बाहेक हिले सहित सिदुवा, पाख्रिवास, मुलघाट लगायतका स्थानमा समेत लाखे नाच नचाउने गरिएको छ ।


