भक्तपुरमा सुधार गृह तोडफोड गरेर बालबालिका भागेपछि

भक्तपुर । भक्तपुरको सुधार गृहमा तोडफोड त्यहाँभित्र रहेका बालबालिका भागेका छन्।

भक्तपुर प्रहरी प्रवक्ता डिएसपी बसन्त पाठकका अनुसार सोमबार दिउँसो सुधार गृह तोडफोड गरेर डेढ सय जना जति बालबालिका भागेका हुन्।
विभिन्न अपराधमा संलग्न भएका तर उमेर १८ वर्षभन्दा मुनि रहेकाहरूलाई अदालतको आदेशपछि सुधार गृहमा राख्ने गरिन्छ।

‘सुधार गृहमा ३ सय जना जति थिए। तोडफोड गरेर उनीहरू भागेका छन्। तीमध्ये केहीलाई हामीले नियन्त्रणमा लिएका छौं,’ पाठकले भने।
उनीहरूले सुधार गृहभित्र आफूहरूलाई खानपिन, स्वास्थ्य परीक्षण राम्रो नभएको भन्दै तोडफोड गरेका हुन्।

सुधार गृहमा रहेका रामेछाप मन्थली नगरपालिका-३ का १८ वर्षीय कमल बस्नेतको आइतबार मृत्यु भएपछि त्यहाँ तनाव सुरू भएको थियो। बलात्कार अभियोगमा दोषी ठहर भएका बस्नेत तीन वर्षदेखि सुधार गृहमा थिए।

शनिबार राति बेहोस भएका बस्नेतलाई आइतबार बिहान उपचारका लागि भक्तपुरस्थित नागरिक अस्पताल लगिएको थियो।
अस्पतालले केहीबेरमै मृत घोषणा गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए। उनको शव पोष्टमर्टमको लागि काठमाडौं मेडिकल कलेज पठाइएको छ।

बालकको मृत्यु भएपछि सुधार गृह परिसरमा उनका आफन्तले प्रदर्शन गरेका थिए। उनीहरूले सुधार गृहको लापरवाहीका कारण कमलको मृत्यु भएको आरोप लगाएका छन्।

‘ढाडमा निलो डाम र दायाँ खुट्टा सुनिएको थियो। त्यसैले कुटपिट भएको हो,’ मृतकका भिनाजु विनोद बुढाथोकीले भने।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।