धनकुटाको हिले स्थित वक्रकुण्ड मन्दिरमा नि:शुल्क स्वास्थ्य शिविर तथा पूजा सम्पन्न(भिडियो सहित

धनकुटा,४ भदौ । नागपञ्चमीको अबसर पारेर नेपाली सेनाले धनकुटाको हिले स्थित वक्रकुण्ड मन्दिरमा नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

नेपाली सेना श्री नं.२ बाहीनी अड्डा हिलेको संयोजकत्वमा श्री भीमदल गण, सल्लेरी ब्यारेक धनकुटाले नि:शुल्क औषधि सहितका शिविर सञ्चालन गरेको हो ।

शिनिरबाट ५०० भन्दा बढी मन्दिरमा आउने भक्तजनले सेवा लिएका छन् । त्यस्तै आबश्यक्ता अनुसार औषधी समेत बितरण गरिएको आयोजकले जनएको छ ।

नेपाली सेनाले हिलेमा रहेको सो मन्दिरलाई बर्षेनी धेरै भौतीक सेवाहरु प्रदान गर्दै आएको छ । केहि महिना अघि मात्र मन्दिरको प्रबेसद्धारमा गेट निर्माण गरेको थियो ।

त्यस्तै बक्रकुण्ड मन्दिरमा आज बिशेष पुजाआजा गरिएको छ । मन्दिरको १३ औ स्थापना दिवस तथा नागपञ्चमीको अबसरका बिशेष पुजाआजा गरिएको हो । वि.सं २०६७ सालमा नागपञ्चमीकै दिन सो स्थानका पथ्थरमा नाग देवता देखिएको बिस्वास गरिन्छ । यहि बर्ष सो मन्दिर स्थापना गरिएको हो । मन्दिरमा नाग बाहेक एक सय ८ देवी देवताको आकृति रहेको पुजारी कृष्ण घिमिरेले जानकारी दिनुभयो ।

सो समारोहमा मन्दिरका अध्यक्ष लालचन्द्र गोग्वा श्री नं.२ बाहिनी अड्डा हिलेका बाहिनीपति सहायक रथी महेशकुमार थापा नगरप्रमुख चिन्तन तामाङ, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा लगायत विभिन्न सङ्घसंस्थाका प्रतिनिधि तथा भक्तजनको उपस्थिति रहेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।