बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको १३ औ वार्षिकोत्सव सम्पन्न

धनकुटा । धनकुटाको धनकुटा नगरपालिका वडा नं १ स्थितको धार्मिक एवम् पर्यटकीय स्थल श्री बक्रकुण्ड पञ्चेश्वर महादेव मन्दिरको आज १३ औ वार्षिकोत्सव भव्यताका साथ मनाईएको छ ।

नागपञ्चमीको अवसरपारि मन्दिर परिसरमा नाग पञ्चमी मेला तथा एक दिने नि:शूल्क स्वास्थ्य शिविरको आयोजना गर्दै मन्दिरको वार्षिकोत्सव मनाईएको हो ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लालचन गोङवाको अध्यक्षतामा भएको मेला उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले यो मिन्दरलाई पूर्वकै सुन्दर र प्रसिद्ध धार्मिक पर्यटकीय स्थल बनाउने बताउनु भएको छ । जसका लागि नगरपालिकाले पहल गर्ने उहाँले बताउनुभयो ।

आज विभिन्न स्थानका ३ हजार बढी भक्तजनहरुले मन्दिरको दर्शन गरेको मन्दिर व्यवस्थापन समितिका सचिव दिपक घिमिरेले जानकारी दिनुभयो । कार्यक्रममा श्री नं २ बाहिनी अड्डा हिलेका बाहिनीपति सहायक रथी महेशकुमार थापा, भीमदल गणका गणपति प्रमुख सेनानी सुमन थापा, धनकुटा नगरपालिका वडा नं १ का वडाध्यक्ष वङदा तामाङ सहित विभिन्न सामाजिक संघ संस्थाका प्रमुख एवम् प्रतिनीधिहरुको उपस्थिती थियो ।

यसैवीच मन्दिरको वार्षिकोत्सवकै अवसरमा नेपाली सेनाको श्री नं २ वाहिनी अड्डा हिलेको संयोजकत्वमा भीमदल गण सल्लेरी व्यारेक धनकुटाद्धारा सञ्चालित एक दिने नि:शूल्क स्वास्थ्य शिविरमा ५ सय बढी नागरिकले स्वास्थ्य सेवा लिएका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖