महिला विश्वकप : ‘चुम्बन’ आलोचित

म्याड्रिड — स्पेन फुटबल संघका अध्यक्ष लुइस रुबिलेसले विश्वकप विजेता स्टार खेलाडी जेमी हेरमोसो (जर्सी १०) लाई चुम्बन गरेपछि त्यहाँका खेलकुदमन्त्रीले चर्को आलोचना गरेका छन् । कार्यवाहक मन्त्री म्याकवेल इसेटाले स्पेनी पब्लिक रेडियोमा भनेका छन्, ‘कोही खेलाडीलाई बधाई दिन ओठमै चुम्बन गर्नु अस्वीकार्य छ ।’

मन्त्री इसेटाले फुटबल संघका अध्यक्षले माफी माग्नुपर्ने पनि बताए । आइतबार सिड्नीमा भएको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई १–० ले पराजित गर्दै महिला विश्वकपको उपाधि जितेको थियो । उपाधि जित्दाको स्थिति भावनात्मक रूपमा निकै नाजुक भए पनि त्यस्तो अवस्थामा फुटबल संघ अध्यक्ष रुबिलेस निकै होसियार भएर प्रस्तुत हुनुपर्ने भन्दै खेलकुदमन्त्रीले असन्तुष्टि जनाएका हुन् ।

पदक थाप्न जानेक्रममा रहेकी हेरमोसोलाई फुटबल संघका ४५ वर्षीय अध्यक्ष रुबिलेसले चुम्बन गरेका थिए । लगत्तै उक्त घटनाको विरोधमा अन्तर्राष्ट्रियस्तरबाटै प्रतिक्रिया आउन सुरु गरेको थियो । स्पेनी फुटबल संघका पदाधिकारीले भने पूरा घटना स्वतःस्फूर्त रहेको पनि दाबी गरेका छन् । ती पदाधिकारीका अनुसार अध्यक्ष र खेलाडीबीच नजिकको व्यक्तिगत सम्बन्ध रहँदै आएको छ ।

चेन्जिङ रूममा खुसियाली मनाउने क्रममा हेरमोसोले पूरा घटनाक्रम आफूलाई मन नपरेको प्रतिक्रियासहितको भिडियो इन्स्ट्राग्राममा हालेकी छन् । आइतबार अबेर फुटबल संघले हेरमोसोको अर्को प्रतिक्रिया पनि बाहिर ल्याएको छ । जसमा उनले पूरा घटनाक्रम स्वतःस्फूर्त रहेको र यस पछाडि विश्वकप जित्नुको खुसियाली नै रहेको बताएकी छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।