आज रेखाको जन्मदिन, कति वर्ष पुगिन् ?

काठमाडौँ । अभिनेत्री रेखा थापाले सोमबार आफ्नो ४१ औँ जन्मदिन मनाउँदै छिन् । साथीभाइ, कलाकर्मी, समकक्षी लगायतले सामाजिक सञ्जालमार्फत उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् ।

२०३९ भाद्र ५ गते मोरङमा जन्मिएकी उनी नेपाली फिल्म क्षेत्रकी सफल अभिनेत्री हुन् । फिल्म ‘हिरो’बाट अभिनय यात्रा सुरु गरेकी उनको पछिल्लो समय अभिनेत्री, निर्माता हुँदै निर्देशकसम्मको परिचय छ । रेखा सौन्दर्य प्रतियोगिता हुँदै अभिनयमा भित्रिएकी हुन् । २ सय हाराहारी फिल्म अभिनय गरेकी उनले एक्सन अभिनेत्रीको छवि समेत बनाएकी छन् ।

बेलाबेला विवादमा समेत आउने गरी उनले केही वर्ष अगाडि बलराम शाहीसँग विवाह गरेकी हुन् ।

अभिनयको अलवा राजनीति पनि सक्रिय उनी राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा पार्टीमा छिन् । गत मंसिरको निर्वाचनमा सांसदको उम्मेदवार बनेकी उनी पराजित भएकी थिइन् ।

रेखा अहिले उपहार नामक फिल्म निर्माण अभिनयमा तरखरमा छिन् । ज्ञानेन्द्र देउजाको निर्देशन रहने फिल्ममा छायाँंकनको तयारीमा छ ।

फिल्ममा मिस्टर नेपाल समर्पण । पूजा शर्मा, मुकुन भुसाल लगायतको अभिनय रहनेछ । प्रेमकथामा बन्न लागेको फिल्ममा अर्जुन पोखरेलको संगीत, विष्णु कल्पितको छायांकन रहनेछ ।

निर्मला कार्की

निर्मला कार्की

( कार्की धनकुटा खबरका संवाददाता हुन् ।)

More Posts



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖