एमाले अध्यक्ष ओली अस्वस्थ

काठमाडौं, ५ भदौ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई ज्वरो आएको एमालेका प्रमुख सचेतक पदम गिरीले बताए ।

आज (मंगलबार) प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ ले बोलाएको सर्वदलीय बैठकमा ओली नआएपछि बैठक निष्कर्षविहीन बनेको थियो । बैठकबाट बाहिरिँदै गर्दा प्रमुख सचेतक गिरीले ओलीको स्वास्थ्यमा समस्या आएकाले नआएको बताए ।

‘अध्यक्ष केपी शर्मा ओली ज्यू पनि सामन्य ज्वरो आएका कारणले उहाँ अलि अस्वस्थ हुनुभयो । तैपनि म आउन पर्छभने निस्कन्छु नि त भन्दै हुनुहुन्थ्यो । यता समय व्यवस्थापन गर्न गाह्रो भयो,’– उनले भने ।

सर्वदलीय बैठक भोलि (बुधबार) विहान ११ बजे बस्ने प्रमुख सचेतक गिरीले बताए । ओली अनुपस्थित भएपछि उच्चस्तरीय छानविन समितिको मस्यौदामाथि छलफल नै भएन । आज दिउँसो ३ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।