अनुगमन टोली आएको सुइँको पाएपछि भागे कालीमाटी र बल्खुका प्याज व्यापारी

काठमाडौं । काठमाडौंको कालीमाटी र बल्खु क्षेत्रका व्यापारीहरु वाणिज्य विभागको अनुगमन टोली आएको सुइँको पाएपछि भागेका छन् ।

भारतले प्याज निर्यातमा ४० प्रतिशत कर लगाएपछि व्यापारीहरुले कालोबजारी गरेको सूचनाका आधारमा विभागले सोमबार र मंगलबार अनुगमन गरेको थियो । सो क्रममा ५ ठूला प्याज कारोबारीहरु कर्मचारीलाई गोदामको जिम्मा लगाएर भागेका हुन् । ती मध्ये ३ वटा तरकारी पसल कालीमाटी र कुलेश्वरका छन् भने २ वटा बल्खुको भएको विभागले जनाएको छ ।

भागेका पसलेहरुको कागजात बरामद गरिएको वाणिज्य विभाागका महानिर्देशक गजेन्द्रप्रसाद ठाकुरले बताए ।

‘मजदुरलाई गोदाम छोडेर भागेका ५ वटा पसलको कागजात जफत गरेका छौं,’ ठाकुरले भने, ‘मालिकहरु विभागमा सम्पर्कका लागि हाजिर नभए कडा कारबाही हुन्छ ।’

भारतले निर्यात महसुल लगाएपछि आयात भएको व्याज काठमाडौं आई नै नपुगी बजारमा मूल्य बढाइए पछि अनुगमन र कारबाही तीब्र पारिएको उनले दाबी गरे ।

बजारमा शनिबारसम्म किलोमा ६० रुपैयाँले कारोबार भइरहेको प्याजको मूल्य एक्कासी ८० रुपैयाँसम्म खुद्रामा पुर्‍याइएको अनुगमनको क्रममा भेटिएको विभागले जनाएको छ ।

प्याजका ३२ फर्म अनुगमन

विभागले काठमाडौं उपत्यकामा २ दिनमा ३२ वटा फर्ममा अनुगमन गरेको जनाएको छ । सोमबार १५ वटा फर्ममा अनुगमन गरेकामा धेरै मूल्य लिने ५ वटालाई जरिवाना गराइएको विभागले जनाएको छ । यस्तै मंगलबार विभागले प्याजका १७ वटा फर्ममा अनुगमन गरेको र १२ वटालाई जरिवाना गराइएको महानिर्देशक ठाकुरले बताए ।

यी प्याज बिक्रेताहरुलाई कम्तीमा १० हजारदेखि बढीमा २० हजार रुपैयाँसम्म जरिवाना गरिएको विभागले जनाएको छ । पसल नै छोडर भाग्नेहरुको हकमा भने ऐनले तोकेको अधिकतम् सजाय गरिने विभागले जनाएको छ ।

जिल्ला प्रशासन र पालिकालाई अनुगमन गर्न निर्देशन

यसैबीच वाणिज्य विभागले प्याजको कालोबजारी नियन्त्रण गर्न सबै जिल्ला प्रशासन र काठमाडौं उपत्यकाका स्थानीय तहहरुलाई पनि पत्राचार गरेको छ । विभागको जनशक्ति मात्रै अपर्यप्त भएको भन्दै सबै जिल्ला प्रशासनलाई पत्राचार गरेर अनुमगन गर्न भनिएको ठाकुरले बताए । काठमाडौंका स्थानीय तहसँग भने समन्वयमै अनुगमन गरिने पनि उनले बताए ।

हाल विभागसँग मुश्किलले ३ देखि ४ वा टोलीले मात्रै दैनिक बजार अनुगमन गर्न सक्ने अवस्था रहेको महानिर्देशक ठाकुरको भनाइ छ । भारतले शनिबारदेखि लागू हुनेगरी आफ्नो मुलुकबाट प्याजको निर्यातमा ४० प्रतिशत कर लगाउने घोषणा गरेको थियो । नेपालको प्याजको ८० प्रतिशत बढी माग धान्न भारतबाटै आयात गरिन्छ । भारतको निर्णयबाट नेपाली भान्सामा सिधै असर परेको छ । गत वर्ष नेपालले भारतबाट ६ अर्ब ७५ करोड रुपैयाँको १८ करोड किलो बढी प्याज आयात गरेको थियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।