‘आईफोन जित्नुभएको छ’ भन्दै विभिन्न व्यक्तिबाट ५० लाख रुपैयाँ ठग्ने २ जना पक्राउ

काठमाण्डाै – सामाजिक सञ्जालमार्फत विभिन्न व्यक्तिलाई झन्डै ५० लाख रुपैयाँ ठगी गरेको आरोपमा पर्साका राजकुमार पण्डित र रौतहटका उमेशकुमार यादव पक्राउ परेका छन् ।

टिकटक, फेसबुक र ह्वाट्सएपमा ‘जामजाम इलेक्ट्रोनिक्स’ मार्फत ‘तपाईँले लक्की ड्र मार्फत आईफोन जिन्नुभएको छ’ भन्दै पैसा उठाएका उनीहरूलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको हो । उनीहरूले ‘तपाईँले आईफोन जित्नुभएको छ, भन्सार पासका लागि पैसा पठाउनुहोस्’ भन्दै पैसा उठाइरहेका थिए ।

पण्डित र यादवलाई प्रहरीले ललितपुरको कुपण्डोलबाट पक्राउ गरेर काठमाण्डौ जिल्ला अदालतबाट सात दिनको म्याद लिई अनुसनधान गरिरहेको छ । उनीहरूको साथबाट नगद ४९ लाख ९५ हजार, एक सय ८३ थान सिम कार्ड, १२ थान एटीएम कार्ड र राउटर लगायतका सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।