ग्रीसमा नेपाली अपहरण गरेर काठमाण्डौबाट झन्डै २२ लाख रुपैयाँ फिरौती लिने ४ जना पक्राउ

काठमाण्डाै – ग्रीसमा तीन जना नेपालीलाई अपहरण गरेर काठमाण्डौबाट फिरौती रकम लिने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । २१ लाख ७५ लाख रुपैयाँसहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युराे (सीआईबी) ले काठमाण्डौको गौरीघाटबाट धनकुटाका शिवराज कुँवर, काठमाण्डौका रामेश्वर अर्याल, कपिलवस्तुका प्रकाश वेल्बासे र पर्वतका दिलबहादुर थापालाई पक्राउ गरेको हो ।

सर्बियामा आफूहरूले गरिरहेको काम चित्त नबुझेको भन्दै ग्रीस जान थालेका मोरङको रङ्गेलीकी सावित्रा थापा, उदयपुरका तिलकबहादुर कार्की र काभ्रेका राजन छन्त्याल सर्बिया र ग्रीसको सीमा क्षेत्रबाट अपहरणमा परेका थिए ।

ग्रीस प्रवेशका क्रममा तीन जनालाई हिन्दी भाषा बोल्ने दुई जनाले अपहरण गरेर डोरीले बाँधी शारीरिक र माननिक यातना दिएर १५ हजार युरो फिरौती माग गरेका थिए । अपहरणकारीकै समूहमा रहेका केही व्यक्तिले यूएई र ग्रीसबाट ह्वाट्सएपमार्फत पीडितका परिवारसँग फिरौती मागेर काठमाण्डौमा मान्छे खटाई रकम लिएको खुलेको छ । रकम लिनेलाई प्रहरीले पक्राउ गरेको छ । ग्रीस र सर्बियाको सीमाबाट अपहरणमा परेका तीन जनालाई उद्धार गरेकाे पनि सीआईबीले जनाएको छ ।

यसैबीच प्रहरीले वैदेशिक रोजगारीका लागि विदेश जाँदा नेपाल सरकारको श्रम स्वीकृति भएको देशहरूमा मात्र आवश्यक कानुनी प्रकिया पूरा गरेर जान अनुरोध गरेको छ । पछिल्ला दिनहरूमा विदेशमा ठगी र अपहरणमा परेर धेरै नेपाली पीडित भएका भन्दै प्रहरीले गैरकानुनी रूपमा विदेश जाँदा हुने घटनाको अनुसन्धान तथा उद्धार गर्न जटिल रहेकोमा समेत सचेत गराएको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।