आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाद्वारा पत्रकारिता पुरस्कार कोषको घोषणा

धनकुटा । नेपाल आदिवाली जनजाति पत्रकार महासंघ (फोनिज) धनकुटा शाखाले पत्रकारिता पुरस्कार कोषको घोषणा गरेको छ ।

फोनिजको २४औं स्थापना दिवसको अवसरमा धनकुटाको उत्तरपानीमा आयोजित कार्यक्रमको वीच पत्रकार तथा फोनिजका जिल्ला सचिव स्व. पुर्ण कुमार चौधरीको नाममा ३ लाखको “पुर्ण कुमार चौधरी स्मृति कोष” र ५ लाखको आदिवासी क्रियाशिल पत्रकारिता पुरस्कार कोषको घोषणा गरिएको हो ।

फोनिजका जिल्ला अध्यक्ष विनु चेम्जोङको अध्यक्षतामा भएको कार्यक्रममा पाख्रीवास नगरपालिकाका प्रमुख कार्यक्रमका प्रमुख अतिथि ज्ञान वहादुर गुरुङले अक्षकोषको घोषणा गर्नुभएको हो । अक्षकोष घोषणा पछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख गुरुङले यसमा नगरको तर्फबाट आफ्नो पनि सहयोग रहने प्रतिवद्धता जनाउनुभयो । उहाँले नेपाली राजनीतिमा फष्टाएको तर विकासमा राजनीति नफष्टाएको भन्दै विकास तर्फ जोड दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपालका आम नागरिकको अवस्था अझै पनि विभिन्न समस्याले गुज्रिरहेको उल्लेख गर्दै उहाँले नागरिकको समस्या समाधानमा राज्यले ध्यान दिनुपर्ने बताउनुभयो ।

त्यस्तै गरि कार्यक्रममा बोल्ने अन्य वक्ताहरुले वहुजाति,वुहुभाषी,वहु धार्मिक देश नेपालमा कसैले पनि एकअर्काको भावनामा ठेस पुग्ने कार्यहरु नगरि एक अर्काको सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमलाई पाख्रीवास नगरपालिका वडा नं ९ का वडाध्यक्ष सम्झना आले, फोनिजका सल्लाहकार सञ्जय सन्तोषी राई,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष नगेन्द्र राई,नेपाल पत्रकार महासंघ धनकुटाका पूर्व अध्यक्ष खगेन्द्र घिमिरे,नेपाल पत्रकार महासंघ प्रदेश उपाध्यक्ष हिमा चेम्जोङ,फोनिज प्रदेश अध्यक्ष सन्तवीर लामा,केन्द्रिय सदस्य विदुर खवास,किरात राई यायोख्खा धनकुटाका अध्यक्ष उद्धवमणी राई, साविक चुम्वाङ गाविसका पूर्व अध्यक्ष यज्ञ घिसिङ,कान्तिपुर दैनिकका उपसम्पादक रमेशचन्द्र अधिकारी, दलित पत्रकार संघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष गोपाल वराईली, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष विनोद घिमिरे,फोटो पत्रकार संघका अध्यक्ष कविराज घिमिरे,प्रेस सेन्टरका प्रदेश सचिव ईश्वर थापा लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।