धनकुटा नगर दलितको अध्यक्षमा दुर्गा शिवा
धनकुटा । नेपाल दलित संघ धनकुटा नगर भेलाले दुर्गा शिवाको अध्यक्षतामा नेपाल दलित संघ धनकुटा नगर कार्य समिति गठन गरेको छ ।
भेलाको उद्घाटन गर्दै नेपाली कांग्रेस धनकुटा जिल्लाका सभापति दिनेश राईले नेपाली कांग्रेसले सदैव दलितहरुको पक्षमा काम गर्दै आएको वताउनु भयो । समितिको उपाध्यक्षमा चन्द्र वहादुर रसाईली,महिला उपाध्यक्ष रन्जना विक,सचिवमा ठहर सिं शर्मा,कोषाध्यक्षमा ममता वराईली रहेका छन् । सदस्यहरुमा मुना वस्याल,राम वहादुर विक,देवी दर्जी,विष्णु रसाईली,बिमला भुसाल,कुल वहादुर पुरकुटी,मेहरमान विक,कमला दर्नाल,आरती पाचकोटी,सईनध्वज रोक्का,मुना रम्तेल,शुष्मा वोगटी,तारा सिलवाल, पदम वहादुर नेपाली, बिमला विश्वकर्मा,चन्द्रमाया दर्जी,इन्दिरा रम्तेल,रिक्की मल्लिक रहेका छन् ।
नेपाल दलित संघ धनकुटाका अध्यक्ष नारायण विकको अध्यक्षतमा सन्चाालित भेलामा नेपाली कांग्रेस धनकुटका जिल्ला सचिव विजय सन्तोषी राई,महासमिति सदस्य सुमना तिम्सिना,जिल्ला सदस्य अम्विका धमला,क्षेत्रिय सभापती क्षेत्र नं ख का राजन पौडेल,नगर सभापती नरेश श्रेष्ठ,नेपाल तरुण दलका केन्द्रिय सदस्य युवराज पराजुली,नेपाल दलित संघ प्रदेशका वरिष्ठ उपाध्यक्ष रविन्द्र नेपाली लगायत राज्यले दलितहरुको विकास र समृद्धीका लागि विशेष कार्यक्रम ल्याउनु पर्नेमा जोड दिए । भेलाको संचालन दलित नेता रेजिना हिङ्गमाङ्गले गर्नु भएको थियो ।


