छथर जोरपाटीका स्वास्थ्य संस्थालाई कम्प्युटप, प्रिन्टर लगायतका विद्युतीय सामग्री हस्तान्तरण
धनकुटा,११ भदौ । धनकुटाको छथरजोरपाटी गाउँपालिकाले गाउँपालिकाका ४ वटा स्वास्थ्य संस्थालाई कम्प्युटर, प्रिन्टर लगायतका विद्युतीय सामग्री हस्तान्तरण गरेको छ ।
गाउँपालिकाले वडा नम्बर २ को आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाई तथा वडा नम्बर ५ को आधारभूत स्वास्थ्य केन्द्र र सामुदायिक स्वास्थ्य इकाइलाई सामग्री उपलब्ध गराएको छथर जोरपाटी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुन्दरमान डंगोलले जानकारी दिनु भयो ।
कम्प्यूटर, प्रिन्टर लगायतका विद्युतीय सामग्री उपलब्ध गराए संगै कार्यलयको मासिक रिपोर्टिङ र ईन्टरनेटको माध्यमबाट सेवा प्रबाह गर्नमा कार्यालयलाई सहज हुने विश्वास लिइएको प्रमुख डंगोलले बताउँनु भयो । अन्य स्वास्थ्य संस्थालाई यस अघि नै यस्ता सामग्री उपलब्ध गराइ सकिएको गाउँपालिकाले जनाएको छ ।




