धनकुटा र तेह्रथुमका फार्मलाई चार करोड अनुदान

धनकुटा, १४ भदौ ः धनकुटा र तेह्रथुमका पशुपक्षीपालक कृषकले करिब चार करोड अनुदान रकम पाएका छन् । आव २०७९÷८० मा दुई जिल्लाका एक सय ५८ वटा पशुपालनसम्बन्धी व्यक्तिगत फार्म, समूह र सहकारीलाई उक्त अनुदान उक्त अनुदान उपलब्ध गराइएको हो ।

सम्बद्ध कृषकहरूले धनकुटास्थित भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ कार्यालयमार्फत विभिन्न सात शीर्षकमा कोशी प्रदेश सरकारको कार्यक्रमबाट ७५ प्रतिशत अनुदान रकम पाएका हुन् । कार्यालयका अधिकृत पुष्पराज दाहालका अनुसार एक सय वटा दूधजन्य तथा पशुपक्षीपालक संस्था र ५८ वटा बाख्रा फार्मलाई बोयर बोका अनुदानमा उपलब्ध गराइएको थियो । दूधजन्य उत्पादन कार्यक्रमअन्तर्गत रु १० लाख ३० हजार एक सय ३५ बराबरको मोटरसहितको च्यापकटर ३५ थान वितरण गरिएको थियो ।

त्यस्तै युवालक्षित पशुविकास कार्यक्रमअन्तर्गत २५ वटा फर्मलाई ४९ लाख ४१ हजार तीन सय र सहकारी संस्थामार्फत पशुपालन कार्यक्रमअन्तर्गत एक संस्थालाई रु तीन लाख ४६ हजार पाँच सय ३९ अनुदान दिइएको थियो ।

बाख्राको बृहत्तर पकेट प्याकेज कार्यक्रमअन्तर्गत दुई वटा फार्मलाई ८९ लाख ८९ हजार नौ सय र द्वन्द्वपीडित पशुपक्षीपालन कार्यक्रमअन्तर्गत छ वटा फार्मलाई रु १६ लाख ३७ हजार एक सय ३४ अनुदान दिइएको थियो ।

त्यस्तै दूध उत्पादनमा आधारित अनुदान कार्यक्रमअन्तर्गत ३१ संस्थालाई रु एक करोड ९५ लाख दुई हजार २१ अनुदान दिइएको थियो । कार्यालयले दुई जिल्लाका ५८ बाख्रापालक फार्मलाई रु ३९ लाख ३० हजार बराबरको ५८ वटा उन्नत जातको बोयर बोका वितरण गरेको थियो ।

जिल्लागतरुपमा धनकुटाका ८७ वटा र तेह्रथुमका ७१ वटा दुग्धजन्य तथा पशुपक्षीपालक फार्म तथा संस्थाले अनुदान पाएका थिए । जसमा धनकुटाका ५७ र तेह्रथुमका ४३ वटा दुग्ध उत्पादक तथा पशुपक्षीपालक फार्महरू र बोयर बोका अनुदान तर्फ धनकुटाका २८ र तेह्रथुमका ३० वटा बाख्रा फार्मले अनुदान पाएका थिए ।

स्थलगत भ्रमण गरेर अनुदान रकम प्रदान गरिएकाले अनुदानको उचित सदुपयोग भएको धनकुटास्थित भेटरेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयका प्रमुख लोकनाथ ढुङ्गानाले जानकारी दिनुभयो ।

आगामी दिनमा अनुदान नीति निर्धारण गर्न आउँदो वर्ष अन्य अनुदान घटाएर दुग्ध उत्पादनमा आधारित अनुदानलाई विशेष जोड दिइने र गत वर्ष प्रदान गरिएको अनुदानको प्रभावकारिताको अनुगमन गरिने उहाँको भनाइ थियो ।

दुई जिल्लामा हाल पाँच सय ७२ वटा व्यावसायिक पशुपक्षी फार्म रहेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । तीमध्ये धनकुटामा सबैभन्दा धेरै एक सय ५२ वटा व्यवसायिक बाख्रा फार्म छन् । त्यस्तै जिल्लामा एक सय २५ वटा गाईभैँसी, एक सय ११ बङ्गुर र ६९ वटा व्यवसायिक कुखुरा फार्म रहेका छन् ।

तेह्रथुम जिल्लामा पनि सबैभन्दा धेरै ५२ वटा व्यावसायिक बाख्रा फार्म छन् । त्यस्तै जिल्लामा २९ गाईभैँसी, २५ बङ्गुर फार्म र नौ वटा व्यावसायिक कुखुरा फार्म रहेको कार्यालले जनाएको छ । डेरी तथा दुग्ध सङ्कलन केन्द्रतर्फ धनकुटामा ३४ दुग्ध सङ्कलन केन्द्र र १८ वटा डेरी उद्योग सञ्चालनमा छन् । तेह्रथुम जिल्लाको भने कार्यालयमा तथ्याङ्क आई नपुगेको कार्यालयले जानकारी दिएको छ ।

अहिले धनकुटामा ६२ हजार पाँच सय ७५ गाई, १७ हजार दुई सय भैँसी, १८ लाख एक हजार तीन सय ७१ बाख्रा, ३९ हजार दुई सय ४० बङ्गुर, तीन सय आठ भेडा र ४० लाख एक हजार चार सय ५४ कुखुरा छन् ।

त्यस्तै तेह्रथुम जिल्लामा गाई ५८ हजार २७, भैँसी २७ हजार ८१, बाख्रा एक लाख २७ हजार दुई सय ३७, बङ्गुर ३७ हजार पाँच सय ४६, भेडा नौ सय ४० र कुखुरा दुई लाख २५ हजार चार सय ९६ रहेको कार्यालयले जनाएको छ ।-रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।