धनकुटामा यसरी मनाइयो गाईजात्रा (फोटो फिचर)

धनकुटा,१४ भदौ । धनकुटामा समेत बिहिबार गाईजात्रा पर्व मनाइएको छ । सदरमुकामका विभिन्न टोलबाट गाइजात्रा निकालेर शहरपरिक्रमा गराइइको हो ।

नेवारी समुदायको बाहुल्यता रहेको सदरमुकामको श्रीवानी बाट निकालिएको जात्रा बजार परिक्रमा गरि सम्पन्न गरिएको थियो । जात्रा मदनचोक, चुवाको बोट, परिचयमोड भिमनारायणचोक, माथिल्लोकोप्चे, तल्लोकोप्चे हुँदै सदरमुकाममा रहेको टुँडिखेलमा आएर समापन भएको थियो । यसरी नगरपरिक्रमा गर्नाले बर्षभरी मृत्यू भएका व्यातिm गाईको पुच्छर समाती वैतरणी पार हुने धार्मिक cactusmeraviglietina.it विश्वास रहेको छ ।

गाईजात्रासंगै लाखेनाच र लाठीनाच समेत निकाल्ने चलन रहेको पाइन्छ साथै सामाजिक विकृतीप्रति व्याग्यात्मक प्रदर्शन समेत हुने गरेको पाइन्छ ।राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक व्यहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व शुरु भएको ऐतिहासिक कथन छ ।

यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रमसमेत गराउने आदेश दिएअनुरूप हाँस्यव्यङ्ग्यको प्रचलन चलेको हो भन्ने जनश्रुति रहेको पाइन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।