यस्तो छ धनकुटामा लाखेको रौनक(भिडियो)

धनकुटा । धनकुटामा यतिबेला लाखे नाचको रौनक छ । नेबारबहुल बस्ती रहेको धनकुटामा टोल टोलमा लाखे नाच नाचेको देख्न पाईन्छ । धनकुटा बजार क्षेत्रमा पुस्तौं पहिलेदेखि लाखे नाचिँदै आएको नेवा दे दबुका नगर अध्यक्ष रोशन श्रेष्ठ बताउँनु हुन्छ ।

धनकुटामा घण्टाकर्णदेखि यो नाच सुरु गरिन्छ । यो नाच आगामी कृष्ण जन्माष्टमीमा समापन हुन्छ । उहाका अनुसार ५० वर्ष उमेरसम्मकाले लाखे नाच्ने गरेका छन् । धनकुटाको सिधुवा, पाख्रिवास, मूलघाटलगायतका स्थानमा समेत लाखे नाचिन्छ ।

घरदैलोमा नाच प्रदर्शन गरेपछि पैसा दिइन्छ । त्यसैले पैसाका लागि मात्र नभएर संस्कृति जोगाउनलाई लाखे नाच्नुपर्नेमा आफूले जोड दिँदै आएको अगुवाहरू बताउँछन् । कंशले कृष्णलाई मार्न बहिनी पुतनालाई प्रयोग गरेकाले त्यसबाट रक्षा गर्न कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखे नाच सुरुवात गरिएको किंवदन्ती छ ।

खासगरी नागपञ्चमीदेखि ऋषिपञ्चमीसम्म नाच प्रदर्शन गरिन्छ । धनकुटामा लाखे नचाउन संखुवासभाको चैनपुर र सुनसरीको धरान लगायतबाट समेत ल्याउने गरिन्छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।