धनकुटा नगरपालिकाद्वारा १७ सहकारी खारेज

धनकुटा, भदौ १५ । धनकुटा नगरपालिकाले १७ वटा सहकारीसंस्थालाई खारेज गरिदिएको छ ।

नगरपालिकाको सहकारी ऐन २०७५ बमोजिम संस्थाले पूरा गर्नुपर्ने दायित्व बहन नगरी बचतकर्ताको रकम जोखिममा राखेको भन्दै कारवाही गरिएको प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए ।

नगरपालिकाले शुक्रबार जारी गरेको सार्वजनिक सूचनामा अन्नपूर्ण वचत तथा ऋणसहकारी संस्था, क्रमिक दैनिक वचत तथा ऋणसहकारी संस्था, जनकल्याण वचत तथा ऋण सहकारी संस्था लगाएतका १७ सहकारी संस्थालाई खारेज गरिएको हो ।

नगरपालिकाका आर्थिक विकास अधिकृत विकास अधिकारीले यी सहकारीहरुले विगत ४ वर्षदेखि साधारण सभासँगै लेखा परीक्षण नगरेको र संस्था संचालनको विवरण समेत पालिकामा नबुझाएको बताए ।

“खारेज गरिएका संस्थाले कुनै व्यक्ति वा संस्थालाई तिर्नुपर्ने दायित्व रहे संस्थाका संचालक समितिका पदाधिकारीसँग फरफार गरि लिनुहुन भनेका छौं ।” अधिकारीले भने, “यि १७ वटै संस्थाबाट कसैले पनि आर्थिक कारोवार नगर्नु हुन सार्वजनिक सूचना जारी गरिएको छ ।”

उनका अनुसार धनकुटा नगरपालिका भित्र ७० वटा सहकारीहरु संचालित छन् ।-देशको न्यूज

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।