जिल्ला समन्वय समिति धनकुटाको वार्षिक समिक्षा आजदेखि सुरु

धनकुटा । जिल्ला समन्वय समिति धनकुटाको वार्षिक समिक्षा आजदेखि धनकुटामा सुरु भएको छ ।

आर्थिक वर्ष २०७९/८० मा प्रदेश र संघिय सरकार मार्फत जिल्लाको ७ वटै स्थानिय तहमा सञ्चालित योजना तथा कार्यक्रमको प्रगतिवार समिक्षा गरिने बताईएको छ ।

पूर्व भूमि व्यवस्था,गरिबी निवारण तथा सहकारी मन्त्री राजेन्द्र राईको प्रमुख आतिथ्य तथा जिल्ला समन्वय समितिका प्रमुख निरेन तामाङको अध्यक्षतामा वार्षिक समिक्षा सुरु भएको हो ।

आज सुरुको दिन महालक्ष्मी नगरपालिका र सागुरीगढी गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति विवरण पेश गरेका छन् । अन्य पालिकाहरुको विवरण भोलि पेश गर्ने तयारी छ ।

कार्यक्रमकै अवसरमा गृह मन्त्रालयमा सरुवा भई जानुभएका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई फेरि भेटौला कार्यक्रमको वीच विदाई गरिएको थियो । कार्यक्रममा प्रदेश सांसद ईन्द्रमणी पराजुली, जिल्ला समन्वय समितिका उपप्रमुख सावित्रा राई सहित सातवटै पालिकाका प्रमुख,उपप्रमुख,अध्यक्ष तथा उपाध्यक्षहरुको उपस्थिति रहको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖