ताप्लेजुङ गोल्डकप : दार्जिलिङलाई हराउँदै झापा सेमिफाइनल

ताप्लेजुङ : युनाइटेड खर्साङ फुटबल क्लब दार्जिलिङलाई १‐० ले पराजित गर्दै झापाको रेड स्टार फुटबल क्लब ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

आज भएको खेलमा झापाका लागि खेलको ११औँ मिनेटमा जर्सी नम्बर ९९ का खेलाडी ग्लोरीले गरेको गोल नै निर्णायक बन्यो । खेलको सुरुआती समयदेखि नै उत्साहजनक बनेको झापाले मङ्गलबार हुने सेमिफाइनलको दोस्रो तथा अन्तिम खेलमा रेड हर्ष फुटबल क्लब इलामसँग प्रतिस्पर्धा गर्नेछ । रेड हर्षले गोर्खा स्पोर्टिङ क्लब झापालाई २‐० गोलले पराजित गरेको थियो ।

आइतबार पहिलो चरणका खेल सकिएका छन् । प्रतियोगिताको पहिलो खेलमा घरेलु टिम मानाभरा स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा ५‐४ गोल अन्तरले पराजित गरेको जुट विकास फुटबल एकेडेमी इटहरी र शनिबार सेमिफाइनलमा पुगेको पथरी ११ मोरङबीच सेमिफाइनलको पहिलो खेलमा सोमबार दिउँसो २ बजेपछि प्रतिस्पर्धा हुँदैछ । मोरङले पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई २‐० गोलले पराजित गरेको थियो ।

दार्जिलङसहित यो पटक आठ टिम सहभागी प्रतियोगिता भदौ २० गते सम्पन्न हुनेछ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।