धनकुटाको हिले बजारमा रक्तदान
धनकुटा । ६१ ओै नेपाल रेडक्रस शाेसाइटीकाे स्थापना दिवसकाे अवसरमा आज धनकुटाको हिले बजारमा रक्तदान गरिएको छ ।
नेपाल रेडक्रस साेसाइटी हिले उपशाखाकाे आयोजनामा हिलेबजारमा रक्तदान कार्यक्रमकाे आयोजना गरिएको हाे । रक्त्तदान कार्यक्रममा ६८ पाउण्ड रगत संकलन गरिएको भएकाे आयाेजकले जानएकाे छ ।
रक्तदान कार्यक्रम उपशाखा हिलेका सभापति चन्द्रकृष्ण ठकुरीकाे अध्यक्षता तथा धनकुटा नगरपालिकाकाे मेयर चिन्तन तामाङकाे प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।
कार्यक्रममा वडा अध्यक्ष वाङद तामाङ , जिल्ला रेडक्रस साेसाइटीका सभापति छत्र कुमार श्रेष्ठ ,उपसभापति ठगेन्द्र अधिकारी , सदस्य धिरेन थिङ,हिले बजार व्यवस्थापन समिति अध्यक्ष लालचन गाेङवा तामाङ लगायतको उपस्थिति थियोे । हिलेबाजरका स्थानीय , सूरक्षाकर्मी ,सञ्चारकर्मी रक्तदान गरेका थिए ।
याे वर्ष धनकुटामा रक्तदान जीवनदान भन्ने नाराका साथ रक्तदान कार्यक्रम आयाेजना गरि दिवस मनाएको हाे ।


